नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन गरेको छ ।
बबरमहलको कार्की ब्याङ्वेटमा भएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने निर्णय अनुमोदन गरेको केन्द्रीय सदस्य चुडामणि जंगलीले लोकान्तरलाई जानकारी दिए ।
बैठकले महासचिव विष्णु पौडेललाई जिम्मेवारीमुक्त गर्ने निर्णय समेत अनुमोदन गरेको छ ।
यसअघि माघ ११ गते बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई हटाउने निर्णय गरेको थियो ।
आज सोमवारको केन्द्रीय कमिटी बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।
प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो ।