पहिलो टी२० मा न्युजील्यान्डले हरायो अस्ट्रेलियालाई

न्युजील्यान्डले अस्ट्रेलियाविरुद्ध सोमवार सम्पन्न पहिलो टी२० मा ५३ रनको विजय हासिल गरेको छ । 

जीतमा डेभोन कोनवे नायक रहे । उनले ५९ बलमा नटआउट रहँदै ९९ रन बनाए । उनको योगदानको बलमा न्युजील्यान्डले पाँच विकेटको क्षतिमा १८४ रन बनायो । 


Advertisement

जवाफमा अस्ट्रेलियाको शीर्ष ब्याट्स्म्यानहरू लगालग आउट भए अनि पूरै टीम १३१ रनमा अलआउट भयो । पाँच खेलको शृंखलामा अस्ट्रेलियाको शुरूआत निराशाजनक रह्यो । 
 

न्युजील्यान्डका फास्ट बलरहरू ट्रेन्ट बोल्ट र टिम साउदीले अस्ट्रेलियालाई शुरूमै ध्वस्त पार्दै १९ रन बन्दासम्म चार विकेट लिए । 


Advertisement

मिच मार्शले सर्वाधिक ४५ रन बनाए । त्यसपछि न्युजील्यान्डका इश सोधीले चार विकेट लिएर अस्ट्रेलियालाई सम्हालिनै दिएनन् । 

यस शृंखलाको दोस्रो खेल डुनेडिनमा बिहीवार हुनेछ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्