×

NMB BANK
NIC ASIA

संक्रमित नै नभएकाले कोरोना बीमा दाबी गरेपछि स्वास्थ्य मन्त्रालय रुष्ट

फागुन १०, २०७७

NTC
फाइल फोटो
Premier Steels

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको बताएको छ ।

Muktinath Bank

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उनले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ,' उनले भने, 'तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।'

Vianet communication

मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उनले जानकारी दिए ।

प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उनको भनाइ छ ।

मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले अब नियमित रुपमा तोकिएअनुसार सङ्क्रमितको विवरण नपठाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने जानकारी दिए ।

विवरण रुजु गर्दा केही व्यक्तिको विवरण कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडिसिडीमा पठाइएको पाइएको छ ।

यसरी अगाडि नै पठाएको विवरण कोरोना बीमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको जानकारी उनले गराए ।

मन्त्रालयले कोरोना बीमाको भुक्तानी दाबी गरेका विमितले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका विमितको विवरण के कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x