प्रदेशसभा सदस्यद्वारा सर्वोच्चको निर्णयको स्वागत

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले प्रतिनिधिसभा विघटन बदर भएको घटनाले देशमा उत्पन्न अन्योल अन्त्य भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।

 बैठक प्रारम्भ हुनासाथ समसामयिक विषयमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङको संसद्् विघटनलाई बदर गरिदिएको घटनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मद्दत पुगेको धारणा आयो ।


Advertisement

     प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले संसद्् विघटनलाई बदर गरेको सर्वोच्च अदालतको निर्णयलाई काँग्रेसले स्वागत गरेको भन्दै यो घटनाबाट शिक्षा लिएर प्रदेश सरकारले पनि बनेका कानूनको कार्यान्वयन नियम सङ्गत भए नभएको विषयमा गम्भीर हुनुपर्ने बताए। 

    बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रस्तुत गरेको ‘सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्न बनेको अध्यादेश’लाई बहुमतले स्वीकृत गरेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्