२२ असार २०८३, सोमबार

म प्रधानमन्त्री बन्दिनँ, ओलीको समर्थनमा देउवा पनि बन्दैनन्ः प्रचण्ड

फागुन १४, २०७७
म प्रधानमन्त्री बन्दिनँ, ओलीको समर्थनमा देउवा पनि बन्दैनन्ः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा आफ्नो कुनै दावी नरहेको बताएका छन् । उनले आफू प्रधानमन्त्री नहुने स्पष्ट पार्दै स्थायित्व र समृद्धिका लागि वातावरण निर्माणमा लागिपर्ने बताए ।

शुक्रबार राति एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रचण्डले अहिलेको परिस्थिति हेर्दा आफूहरुकै समर्थनमा शेरबहादुर देउवा वा अरु कोही परिवर्तनकारी शक्ति नै प्रधानमन्त्री बनून् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले देउवा ओलीको समर्थनमा प्रधानमन्त्री बन्ने बाटोमा नलाग्लान् भन्ने  विश्वास व्यक्त गरे । अहिलेको अवस्थामा जो प्रधानमन्त्री  बनेपनि ओलीको प्रतिगामी कदमका विरुद्ध लड्नेहरुबीचबाटै प्रधानमन्त्री छानिनुपर्नेमा उनको जोड छ ।
उनले राजनीतिक दलहरुसँग कुराकानी सुरु भएको भन्दै केही दिनभित्र समझदारीमा पुग्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्