सरकार र विप्लवबीच वार्ता टोली गठन सकारात्मक छ – कांग्रेस

नेपाली कांग्रेसले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र सरकारबीच भएको वार्ता प्रयासलाई सकारात्मक भनी टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनलाई सकारात्मक भनी टिप्पणी गरेका हुन् । उनले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरेका छन् ।


Advertisement

'नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ,' प्रवक्ता शर्माले भनेका छन्, 'सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्नेछन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।'

मंगलवार सरकार र विप्लव दुवै पक्षले वार्ता टोली गठन गरिएको घोषणा गरेका थिए । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् । केन्द्रीय सदस्य उदय चलाउने सम्मिलित विप्लव पक्षले गठन गरेको वार्ता टोलीको नेतृत्व भने खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले गर्नेछन् ।


Advertisement

वार्ता तत्काल काठमाडौँमै शुरू हुने बताइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्