×

NIC ASIA

सत्ताको जोडघटाउ

लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेल यसरी पुगे ‘सेफ जोन’मा !

बैशाख ७, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ । 

Muktinath Bank

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा  हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् । 


Advertisment
Nabil box
Kumari

सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक विकास तथा शिक्षा र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । 

Vianet communication

२०७४ फागुन ३ गते मन्त्रिपरिषद् गठन गरेका पोखरेलले अहिले आएर सरकार बलियो बनाउन जसपालाई भित्र्याएर मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका हुन् ।

जसपाका सांसद नाटकीय रूपमा प्रदेशमा लुकामारी गर्दै शंकर सरकारको सारथि बनेपछि तराईमा बढेको गर्मीसँगै लुम्बिनीको राजनीतिक सरगर्मी पनि ह्वात्तै बढेको छ ।

छिनछिनमै बदलिएको राजनीतिक समीकरणमा जसपाका बहुमत सांसदलाई भित्र्याएर मुख्यमन्त्री पोखरेल बलियो बनेका छन् ।

प्रदेश सरकार बलियो बनेपछि यहाँका एमाले नेता र सांसदहरू उत्साहित भएका छन् भने अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी र कांग्रेस अन्यौलमा छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीमध्ये पोखरेल सिनियर र बौद्धिक नेतामा गनिन्छन् ।

अहिले प्रदेश सभामा सरकारको पक्षमा ४५ सांसद देखिएका छन् । बहुमतका लागि ४३ सांसद आवश्यक पर्छ ।

एमालेसँग मात्रै ४१ सांसद छन्, जसमध्ये २ जना माधव नेपाल निकट छन् । उनीहरूलाई हिसाब नगर्दा पनि ४३ सांसद पुग्छ ।

प्रदेश सभामा मतदानको स्थिति आउँदा आफ्नै पार्टीबाट अप्ठ्यारो पर्न सक्ने आंकलन गरेर जसपाका ६ सांसदमध्ये चार जनालाई नै मन्त्री बनाएको चर्चा छ ।

एमाले कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती माधवकुमार नेपाल निकट मानिन्छन् । 

प्रदेश सभामा अहिले कांग्रेसका १९, माओवादीका सभामुख सहित १८ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । 

जसपाका सांसद सरकारमा जानु अप्रत्यासित भने होइन । तत्कालीन नेकपा दुई समूहमा विभाजित भएदेखि नै मुख्यमन्त्री पोखरेलले जसपासँग हिमचिम बढाएका थिए । 

अझै सर्वोच्च अदालतले एमाले र माओवादीलाई छुट्टाछुट्टै दलको रूपमा अस्तित्वमा ल्याइदिएपछि जसपाका नेतासँग छलफल गर्न मुख्यमन्त्रीले एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाललाई नै अगाडि सारे ।

एमाले प्रमुख सचेतक ढकालले लुम्बिनी सरकार कहिल्यै नहल्लिने भनेर आफूले बताउँदै आएको कुरा अहिले आएर पुष्टि भएको दाबी गरे । 

निरन्तर छलफलको परिणाम स्वरूप नै जसपाको सांसद चोर्न मुख्यमन्त्री पोखरेल सफल भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेयले पार्टीको निर्णय प्रदेशमा आफूहरूले नमान्ने र स्वतन्त्र निर्णय गर्न पाउने बताउँदै आएका थिए । 

मन्त्री बनिसकेपछि प्रतिक्रिया दिँदै पाण्डेयले पार्टीको संसदीय दलको बैठकमा आफू दलको नेता चयन भएर सरकारमा गएको बताए ।

‘वैशाख ५ गते हाम्रो पार्टीका संसदीय दलका उपनेता विजयबहादुर यादवको अध्यक्षतामा बैठक बसेर मलाई दलको नेता बनाउने निर्णय बहुमतले गरेको हो ।

दलकै बैठकबाट सरकारमा जाने निर्णय गरेका हौं,’ उनले लोकान्तरसँग भने । 

मन्त्री पाण्डेयले थपे, ‘केन्द्रको पार्टीको कुरा हामीलाई मान्य छैन । संघीयता भनेकै स्वतन्त्रता हो । हामीले प्रदेशमा त्यही स्वतन्त्र विवेक प्रयोग गरी सरकारमा सहभागी भएका हौं । कसैले भ्रम फैलाउन जरुरी छैन ।’ 

प्रदेशमा वर्तमान सरकारको परिवर्तनमा लागेको कांग्रेसले जसपाका सांसदले विश्वास घात गरेको बताएको छ ।

कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खाँनले जसपाका नेताहरूले राजनीतिक मूल्यमान्यता भुलेको बताए ।

‘अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने । फेरि तत्कालै मन्त्री बन्न जानुलाई के भन्नु खै ? ठीकै छ, अविश्वासको प्रस्ताव अगाडि बढिसकेको छ । हामीले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसँग आग्रह पनि गरिसकेका छौं । प्रक्रिया अगाडि बढ्दै जान्छ ।’ 

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले सरकारमा सहभागी चारै मन्त्रीलाई सांसद पद नै जाने गरी कारवाही गर्न पार्टीमा सिफारिश गरिने बताए । 

‘पार्टीको बैठकमा ती ४ जना सांसद समेत सहभागी भएर माओवादी केन्द्र र कांग्रेस सहितको गठबन्धनसँग सहकार्य गर्ने निर्णय गरिएको छ । तर, उहाँहरू पार्टी र संसदीय दलको निर्णय लत्याएर मन्त्री खान जानुभयो । सांसद पद जाने गरी हामीले पार्टीमा कारवाही कारवाहीको सिफारिश गर्दैछौं ।’ 

यद्यपि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा (१) देहाय (घ) मा एकीकरण वा गाभिएको दलको सदस्य भएमा दल त्याग गरेको नमानिने उल्लेख छ ।

समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको हो । मन्त्री बनेका चारै सांसद जसपाबाट निर्वाचित भएका होइनन्, तीमध्ये ३ जना तत्कालीन सपा र १ जना तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

एकीकरण राजपा र सपा दुवै अस्तित्वमा छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x