×

NIC ASIA

कोरोना संकट

पाइपलाइनका उद्योग र आयोजनामा कोरोनाको छायाँ– निर्माणाधीन हाइड्रो, सिमेन्टलगायत पर धकेलिने !

बैशाख १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै पाइपलाइनमा रहेका नयाँ उद्योगहरू प्रभावित हुने भएका छन् । 

Muktinath Bank

सञ्चालनमा आउन लागेका नयाँ उद्योगहरू यस वर्ष सञ्चालनमा आउने वातावरण सिर्जना हुने नदेखिएको उद्योगी व्यवसायीहरूले बताउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकमा २०७६ चैत ११ गतेदेखि विभिन्न समयमा लाग्दै आएको बन्दाबन्दीका कारण औद्योगिक वातावरण सिर्जना भएको थिएन । यसबीचमा सञ्चालनमा आउनुपर्ने कतिपय ठूला उद्योग तथा आयोजनाहरू समेत समयमै निर्माण हुन सकेन । 


Advertisment
Nabil box
Kumari

विस्तारै सहज परिस्थिति सिर्जना हुने क्रमसँगै पुनः निर्माणाधीन आयोजनाहरूको काम भइरहेको भएपनि यो कति दिनसम्म चल्न सक्छ भन्न सकिने अवस्था नरहेको उद्योगी व्यवसायीहरूले बताउन थालेका छन् । 

Vianet communication


चालू आर्थिक वर्षको अन्तिम (असार मसान्त)सम्ममा करीब ६ सय मेगावाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको छ । कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै सो लक्ष्य पूरा हुनेमा ऊर्जा उत्पादकहरूले नै शंका व्यक्त गर्न थालेका छन् । 

असारसम्ममा बन्ला माथिल्लो तामाकोशी ?

दोलखामा निर्माणाधीन बहुप्रतिक्षित ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना असारसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सरकारको लक्ष्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै कतिपय मञ्चहरूमा सम्बोधन गर्दै असारसम्ममा राष्ट्रिय प्रसारण लाइनमा माथिल्लो तामाकोशी जोड्नुपर्ने र सोही अनुसार काम गर्न निर्देशन दिँदै आएका छन् ।

यद्यपि कोरोना महामारीको दोस्रो लहरले यसलाई प्रभावित पार्न सक्ने सरोकारवालाहरूले बताएका छन् । 

आयोजनाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भइसकेको आयोजना स्रोतले बताएको छ ।

कोरोनाको लहरसँगै यातायात तथा निर्माण कार्यमा असर भएमा यो आयोजना लम्बिने देखिएको आयोजनाका कर्मचारीहरूले बताएका छन् । 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले लोकान्तरसँग भने, ‘अन्य कुराहरू यथावत रहेमा वैशाखसम्ममा हामीले आयोजनाको काम सक्छौं, तर निषेधाज्ञा, बन्दाबन्दी आदिले काम रोकिने अवस्था आए त्यसो नहुन पनि सक्छ ।’

उनले आयोजनामा कडा स्वास्थ्य मापदण्ड पालना गरेर काम भइरहेको समेत जनाएका छन् ।

यता स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले कोरोनाको दोस्रो लहरले असर नपारे असार मसान्तसम्ममा साढे १ सय मेगावाट जलविद्युत् थपिने बताएको छ ।

असार मसान्तसम्ममा निजी क्षेत्रबाट साढे १ सय मेगावाट जलविद्युत् प्रसारण लाइनमा जोड्न तयारी अवस्थामा रहेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले लोकान्तरलाई जानकारी दिए । 

कोरोना महामारीको असर त्यसमा कत्तिको पर्छ, त्यसमै आयोजना सम्पन्न हुने समय निर्भर हुने उनको भनाइ छ ।

धेरै ठाउँमा ट्रान्समिसन लाइन नजोडिएको बताउँदै अध्यक्ष आचार्यले भने, ‘ट्रान्समिसन लाइनमा समस्या भएन भने असारसम्ममा प्रसारण लाइनमा विद्युत जोडिन्छ, ट्रान्समिसन लाइन विद्युत प्राधिकरणले व्यवस्थापन गर्ने विषय हो, छिट्टै गर्ला । 

यस्तै करीब ७ सयदेखि ८ सय मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको समेत अध्यक्ष आचार्यले जानकारी दिए ।

उनका अनुसार, २ हजार मेगावाटको आयोजना निर्माणको चरणमा र ३ हजारदेखि ३५ सय मेगावाटसम्मका आयोजना निर्माणको चरणमा प्रवेश गर्ने अवस्थामा रहेको छ । 

उनले भने, ‘समग्रमा करीब ७ हजार मेगावाट जति आयोजना निर्माणको पाइपलाइनमा छन्,  अब आउने ४ वर्षको बीचमा निजी क्षेत्रबाट ६ हजार मेगावाट जति विद्युत् प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।’

उनले अहिलेको कोरोना महामारीको दोस्रो लहर वा अन्य कारणले यसलाई असर गर्दा भने समय तलमाथि हुन सक्ने जनाए । उनले भने, ‘जलविद्युत् आयोजनालाई धेरै नै असहयोग गर्ने प्रवृत्ति छ, सरोकारवाला निकायहरूले असहयोग नगरेमा हामीले हाम्रो लक्ष्य भेट्छौं ।’

आउलान् त नयाँ सिमेन्ट उद्योग ? 

२०७८ को अन्तिमसम्ममा विभिन्न सिमेन्ट उद्योगहरू सञ्चालनमा आउन सक्ने उद्योगीहरूले बताएका छन् । 

नेपाल सिमेन्ट उत्पादक महासंघका अध्यक्ष ध्रुवकुमार थापाले पाइपलाइनमा रहेका केही उद्योगहरू कोरोनाले असर नपुर्‍याए यस वर्षको अन्तिमसम्ममा सञ्चालनमा आउने लोकान्तरलाई बताए । 

महासंघका अनुसार, हाल चिनियाँ लगानीमा रहेको ह्वासिङ सिमेन्ट उद्योग समेत गरी केही सिमेन्ट उद्योगहरू सञ्चालनमा आउने पाइपलाइनमा छन् । 

यसबाहेक सीजी सिमेन्ट उद्योग तथा मारूती सिमेन्टको पनि यसै वर्ष सकिने गरी काम भइरहेको छ ।

‘कोरोना महामारीले असर नपुर्‍याए पाइपलाइनमा रहेका यी उद्योगहरू यसै वर्षको अन्तिमसम्ममा सञ्चालनमा आउँछन्,’ अध्यक्ष थापाले भने ।

पर्यटन तथा होटल उद्योगमा सन्नाटा

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन तथा होटल उद्योगमा यस वर्ष पनि सन्नाटा छाउने देखिएको छ । 

कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै पर्यटन तथा होटल क्षेत्रमा सन्नाटा छाएको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । 

यस वर्ष सञ्चालनमा आउन लागेका धेरै होटलहरू अलमलमा छन् । ‘होटल सञ्चालनमा ल्याऊँ चल्दैन, नल्याऊँ यसै बस्न गाह्रो हुन्छ,’ लोकान्तरसँग एक होटल व्यवसायीले भने । 

काठमाडौंको बूढानीलकण्ठमा एक होटल निर्माणाधीन अवस्थामा छ । तर यो कहिलेसम्ममा सञ्चालनमा आउँछ भन्ने निश्चित नभएको व्यवसायीहरूले बताएका छन् । 

यस्तै सोल्टीमोडनजिकै हायात प्यालेस निर्माणाधीन अवस्थामा रहेको छ । वैशाखदेखि सञ्चालनमा ल्याउने भनिएपनि कोरोनाको दोस्रो लहर फैलिएसँगै यसको सञ्चालन मिति अनिश्चित बन्दै गएको छ । 

निर्माणको अन्तिम चरणमा रहेका होटलहरू कोरोनाका कारण सञ्चालनमा आउन नसकेको होटल एसोसिएसन नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महतले बताए ।

उनले लोकान्तरसँग भने, ‘सञ्चालनमा ल्याऔं, सञ्चालन खर्च नै धेरै हुन्छ, नल्याऔं के गर्ने, अहिले व्यवसायीहरूको अवस्था यस्तो छ ।’ 

एक हप्तामा ३ ठूला उद्योग दर्ता 

कोरोना महामारीका बीचमा नयाँ वर्षको पहिलो सातामा विभिन्न ६ वटा उद्योग दर्ता भएका छन् । 

उद्योग विभागको तथ्यांकअनुसार वैशाख १ गतेदेखि ७ गतेसम्ममा विभिन्न ६ वटा उद्योगहरू विभागमा दर्ता भएका हुन् । 

दर्ता हुनेमा ३ वटा ठूला उद्योग रहेका छन् भने २ वटा मध्यम र एउटा सानो उद्योग रहेको छ । 

विभागका अनुसार, तनहुँमा खुल्ने गरी बन्दीपुर केबलकार प्रालि उद्योग उद्योग विभागमा दर्ता भएको छ । वैशाख ३ गते विभागमा दर्ता भएको यस उद्योगको कुल पूँजी १ अर्ब १६ करोड हुनेछ । पर्यटन उद्योगका रूपमा यसले तत्कालै ५३ जनालाई रोजगारी दिने बताइएको छ ।  

यस्तै म्याग्दीमा दरखोला हाइड्रोपावर प्रालि वैशाख ३ गते विभागमा दर्ता भएको छ । यस उद्योगले ६.५ मेगावाट जलविद्युत उत्पादन गर्ने छ । कुल १ अर्ब १९ करोड १६ लाख १७ हजार रुपैयाँ पूँजीमा निर्माण हुने यस उद्योग स्थानीय लगानीमा खुल्नेछ ।  

यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा सिद्धार्थ इन्टरनेशनल होटल प्रालि दर्ता भएको छ ।

कुल ९९ करोड ७२ लाख ८५ हजार पूँजीमा निर्माण भइरहेको सो होटल वैशाख ५ गते विभागमा दर्ता भएको छ । 

यस्तै मध्यम उद्योगअन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा होटल मेगा सेकेन्ड एडिसन प्रालि दर्ता भएको छ । यसको कुल ३९ करोड १७ लाख ९८ हजार रुपैयाँ पूँजी छ ।

रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा सञ्चालन हुने गरी मंगलवार (वैशाख ७) गते सनसाइन फूड्स प्रालि उद्योग विभागमा दर्ता भएको छ । कुल २२ करोड २५ लाख रुपैयाँ पुँजी रहेको छ । 

यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ मा सञ्चालनमा आउने गरी ककनी वाइनरी उद्योग विभागमा दर्ता भएको छ । 

कुल १० करोड पूँजीमा निर्माण हुने यस उद्योगले किवी, स्ट्रबेरी लगायतबाट रक्सी उत्पादन गर्नेछ ।

दर्ता भएका यी उद्योगहरू कहिलेसम्ममा सञ्चालनमा आउँछन् भन्ने टुंगो लागिसकेको छैन ।

उद्योग विभाग भन्छ- कोरोनाले असर पार्ने देखियो 

उद्योग विभागले कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै यसको असर उद्योग क्षेत्रमा पर्न सक्ने सम्भावना औंल्याएको छ ।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले कोरोनाको असर कहिलेसम्म र कस्तो पर्छ भन्ने अवस्था आकलन नै गर्न नसकिने भन्दै यसले उद्योगलाई धेरथोर असर पर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x