मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
बैशाख १५, २०७८
कोरोनाभाइरस (कोभिड– १९) को नयाँ भेरियन्टको संक्रमण बढ्दा नेपालमा पनि अहिले संक्रमणको दोस्रो लहर चलेको छ ।
बाँकेको नेपालगञ्जसहित मुख्य शहरहरूमा संक्रमण नियन्त्रणबाहिर पुगेका बेला अक्सिजन अभाव हुने देखिएको छ ।
कोरोनाभाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै अहिलेसम्म ९ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । ती जिल्लामा अक्सिजनको अभाव भएको सरकारी निकायकै अधिकारीहरूले बताइरहेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजालले जिल्लामा अक्सिजनको अभाव भएको बताए ।
‘कोरोनाका बिरामी थपिएसँगै जिल्लामा अक्सिजनको अभाव देखिन थालेको छ,’ सिडिओ रिजालले लोकान्तरसँग भने, ‘अभाव हुन नदिनका लागि के गर्ने भन्ने विषय नै अन्योल छ ।’
त्यस्तै बाँकेका सीडीओ शिवराम गेलालले पनि अस्पतालमा बिरामीहरूको चाप बढेसँगै अक्सिजनको माग अत्यधिक बढेको बताए ।
उपत्यकाका निजी अस्पतालहरूमा पनि पछिल्लो समय अक्सिजनको माग बढिरहेको छ ।
ह्याम्स अस्पतालका डाक्टर सविन कोइरालाका अनुसार ह्याम्स अस्पतालमा दैनिक सरदर ४ हजार लिटरका ६० वटा सिलिन्डरले पुग्दै आएकोमा अहिले अक्सिजनको ८० वटा सिलिन्डरको माग हुँदै आएको छ ।
‘हामीले हिजो मात्रै अक्सिजन नपुगेर राति खोजेर ल्याएका थियौं,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘अहिले माग धेरै छ । झण्डै–झण्डै अक्सिजन नपाएर बिरामी दुर्घटनामा पर्नुभएको थियो, तर समयमै म्यानेज गर्यौं ।’
डा. कोइरालाको भनाइलाई आधार मान्ने हो भने दिनमा एउटा अस्पतालले ३ लाख २० हजार लिटर भन्दा धेरै अक्सिजन खपत गर्दै आएको देखिन्छ ।
पछिल्लो समय भारतमा देखिएको अक्सिजन अभावको असर नेपालमा पनि विस्तारै पर्दै गएको विज्ञहरूले बताएका छन् ।
कोरोनाका बिरामीलाई बचाउनका लागि अक्सिजनको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने ह्याम्स अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. सविन कोइरालाले बताए ।
‘भेन्टिलेटर र आईसीयूभन्दा पनि कोभिडका बिरामीलाई महत्त्वपूर्ण अक्सिजन हो,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘अक्सिजन पर्याप्त दियो भने कोभिडका बिरामी ९० प्रतिशत निको हुने सम्भावना हुन्छ ।’
डा. कोइरालाका अनुसार कोरोनाका एक बिरामीलाई १ मिनेटमा ४ लिटर अक्सिजनको आवश्यकता पर्छ, अर्थात् १ घण्टामा २४० लिटर आवश्यक पर्छ ।
सामान्यतया व्यक्तिहरूले घरमा लैजाने एउटा अक्सिजन सिलिन्डरमा ६ सय लिटर अटाउँछ, त्यो एउटा बिरामीलाई ३ घण्टालाई मात्र हो ।
एक दिनमा त्यस्ता ८ वटा सिलिन्डर लाग्ने डा. कोइरालाले बताए ।
कोरोनाका बिरामीहरूको संख्या बढ्दै जाँदा अक्सिजनको माग पनि बढ्ने हुनाले सिलिन्डर तत्कालै बढाउनुपर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले बताए ।
‘अहिले कोभिडका बिरामीहरू बढिरहेका छन्, उनीहरूलाई अक्सिजनको आवश्यकता पर्छ, त्यसका लागि सरकारले सिलिन्डर बढाउनुपर्ने देखिन्छ,’ डा. दीक्षितले भने ।
नेपाल अक्सिजनमा आत्मनिर्भर भएता पनि महामारीलाई मध्यनजर गरेर २० प्रतिशत थप जोहो गरेर राख्नुपर्ने वैज्ञानिक डा. दीक्षितको भनाइ छ ।
‘पोहोर साल कोरोना संक्रमण फैलिँदा अक्सिजन आवश्यक पर्छ भन्ने पाठ सरकारले सिकेको थियो । त्यसैलाई हेरेर २० प्रतिशत बढी राख्नुपथ्र्यो, तर त्यसो गरेन,’ डा. दीक्षितले लोकान्तरसँग भने, ‘अहिले त्यो असर देखिँदैछ ।’
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले अक्सिजन अभाव नभएको दाबी गरे ।
‘हामीलाई अक्सिजन अभावको सूचना छैन । हामी अक्सिजनमा आत्मनिर्भर छौं,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने, ‘अक्सिजन आवश्यक पर्दा बिरामीले पाइरहेका छन् ।’
कति मात्रामा बिरामीलाई अक्सिजन आवश्यक पर्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयको कुनै तयारी देखिँदैन ।
‘एउटा बिरामीलाई कति अक्सिजन चाहिन्छ भनेर कसरी नाप्ने ? हामीले कति चाहिन्छ भनेर मापन गर्ने ?,’ डा. गौतमले भने, ‘त्यस्तो अवस्था आउने देखिँदैन ।’
तर अन्य डाक्टरहरूले भने अक्सिजनमा मन्त्रालयले ध्यान दिनुपर्ने बताइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले २/३ महिना अगाडिदेखि कोरोनाभाइरसलाई हेलचेक्रयाइँ रूपमा नलिन नगर्न आग्रह गर्दै आएको र त्यो नमानेकाले फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको डा. गौतमको भनाइ छ ।
नेपालमा एक महिनालाई पुग्ने अक्सिजन छः डा. बाँस्तोला
नेपालमा अहिले एक महिनाका लागि पुग्ने ‘लिकुइड’ अर्थात् तरल अक्सिजन रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।
‘अहिले नेपालका प्लान्टहरूमा लिकुइड अक्सिजन २० प्रतिशत मात्र उत्पादन भइरहेको छ । त्यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउँदा अभाव हुँदैन भन्ने आकलन गर्न सकिन्छ ।’
स्वास्थ्य मन्त्रालयले सञ्चालनमा रहेका अक्सिजन प्लान्टहरूलाई पूर्णरूपमा चलाउन र आवश्यक सिलिन्डरहरू खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाएको डा. बाँस्तोलाले बताए ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...