२६ जेठ २०८३, मंगलबार

विमानस्थलका यात्रु आवतजावत गर्न काठमाडौंमा प्रीपेड ट्याक्सी सुविधा

बैशाख १६, २०७८
विमानस्थलका यात्रु आवतजावत गर्न काठमाडौंमा प्रीपेड ट्याक्सी सुविधा

राजधानी काठमाडौंमा जारी निषेधाज्ञाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्नुपर्ने यात्रुका लागि प्रीपेड ट्याक्सी सुविधा सञ्चालन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय काठमाडौंले बिहीवार एक सूचना जारी गर्दै ‘अन कल बेसिस’मा ट्याक्सी उपलब्ध हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञामा यात्रुको साथमा रहेको हवाई टिकट, पासपोर्ट, भिसाका आधारमा हवाई यात्रा प्रयोजनका लागि विमानस्थल आवतजावत गर्न सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्