×

संसदीय समितिको निर्देशन मानेन सेनाले, द्रूतमार्गको टेन्डर रद्द गर्न सेना र रक्षालाई ताकेता पत्र

बैशाख १६, २०७८

नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई द्रूतमार्ग (फास्ट ट्रयाक) को पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको टेन्डर रद्द गर्न यसअघि दिएको निर्देशन नमानेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेनालाई पत्र पठाएर रोक्न ताकेता गरेको छ ।

प्रतिस्पर्धा हुन नसकेको पूर्व योग्यता छनोटमा परेको कम्पनीसँग सेनाले ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढाएपछि लेखाले रोक्नको लागि ताकेता गरेको हो । 


Advertisment

समितिका सचिव डा. रोजनाथ पाण्डेले वैशाख १५ गतेको मितिमा नेपाली सेनालाई पत्र लेखेर टेन्डर प्रक्रिया रद्द गर्न फेरि ताकेता गरेका हुन् । लेखा समितिले गत चैत्र १९ गते काठमाडौं तराईं फास्ट ट्रयाकको पुल र सुरुङ निर्माणका लागि नेपाली सेनाले गरेको टेन्डरको दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । 


Advertisment

‘गत चैत्र १९ गते बसेको बैठकले प्रतिस्पर्धा हुन नसकेको दोस्रो प्याकेज रद्द गरेर पुनः पूर्व योग्यता छनोट विधि अनुसार ठेक्का गर्नुपर्ने देखेपछि रोक्न ताकेता गरिएको हो,’ पाण्डेले भने । 

समितिले ठेक्का प्रक्रिया शुरू गर्न लागेकोबारे आधिकारिक निर्णय रक्षा मन्त्रालयबाट मागेको छ । समितिका एक सदस्यले जननिर्वाचित संसदलाई सेनाले नटेर्नु गम्भीर विषय भएको बताए ।

‘संसदीय समितिलाई मिनिपार्लियामेन्ट भनिन्छ, संसदीय समितिको निर्देशन सेनाले मान्दिनँ भन्नु गम्भीर विषय हो,’ लेखा समितिका एक सदस्यले लोकान्तरसँग भने । 

सेनाले आफूहरूको निर्देशन पालना नगरेकै कारणले अनियमितताको आशंकालाई बल पुर्‍याएको बताए । यसअघि लोकान्तरले पुस १७ गते खराब ट्रयाक रेकर्ड भएको कम्पनीलाई फास्ट ट्रयाकको जिम्मा दिने तयारी गरेको समाचार प्रकाशित गरेको थियो । 

लेखा समितिले विदेशी कम्पनी सहभागी ठूला ठेक्कका लागि आवश्यक मापदण्ड र कार्यविधि जारी गरेर अवरोध हटाउन सार्वजनिक खरिद अनुमगन कार्यालयलाई पनि निर्देशन दिएको छ । 

२०६६ सालमै शिलान्यास भएर अधिकांश स्थानमा ट्रयाक खोल्ने काम सम्पन्न भइसक्दा पनि काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणको कामले गति लिन सकेको छैन । नेपाली सेनाले ट्रयाक खोलेको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखिएको छ । 

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x