२१ असार २०८३, आइतबार

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

बैशाख १९, २०७८
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक
फाइल तस्वीर

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले लोकान्तरलाई जानकारी दिए ।

पार्टी नेतृत्वका प्रदेश सरकारहरूमा आएका संकट लगायतका विषयमा बैठकमा छलफल हुने स्रोतले बतायो ।

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव ल्याइए पनि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर नयाँ सरकार गठनको गृहकार्य गरिरहेका छन् । 

गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव विचाराधीन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्