×

NIC ASIA

महामारीले निम्त्याएको संकट

आर्यघाटको कारुणिक दृश्य – अन्तिमपटक एक झल्को हेर्न पनि पाइन्न, शव जलाउन घण्टौं कुर्नुपर्छ !

बैशाख २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

भक्तपुर लोकन्थलीका ४९ वर्षीय दिलबहादुर र उनका छिमेकी ४८ वर्षीय विजय ठिमीको आदर्श माध्यमिक विद्यालयमा १ कक्षादेखि नै सँगै पढेका हुन् ।

Muktinath Bank

सानैदेखि सँगसँगै हुर्केका उनीहरूले पेशा पनि एउटै रोजे, खेतीकिसानी । नजिकैको खेतमा भारोपर्म गर्दै मिलीजुली खेतीपाती गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै जाँदा उनीहरू सँगै जान्थे । गज्जबको दोस्ती थियो । ३ दिन अगाडि पनि उनीहरूले सँगै खाजा खाएका थिए । रमाइलो गफ गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर शुक्रवार विजयलाई अलिअलि ज्वरो आयो । हल्का खोकी पनि लाग्यो । शनिवार बेलुका सिकिस्त भएर परिवारले ठिमी अस्पतालमा लगे । 

Vianet communication

त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं मेडिकल कलेज रिफर गरियो । राति नै काठमाडौं मेडिकल कलेजमा भर्ना भए ।

तर अस्पताल ल्याएको केही घण्टामै बिहान ४/५ बजे अस्पतालले मृत घोषणा गर्‍यो । मृत्युको कारण थियो, कोरोनाभाइरस (कोभिड– १९) संक्रमण ।

दिलबहादुरको आँसु थामिएन । तर के गर्नु– ‘हुने हार, दैव नटार’ सत्यलाई नकार्न सकेनन् । उनी विजयका २ वटा छोरालाई सम्झाउन थाले ।

५ घण्टाको पर्खाइपछि मात्र उनको शव लिन नेपाली सेनाको टोली आयो । 

‘कस्तो समय आयो, आफ्नै साथीलाई पनि नजिकबाट अन्तिम बिदाइ गर्न पाइनँ,’ दिलबहादुरले भक्कानिँदै लोकान्तरसँग भने, ‘यहाँ (पशुपति आर्यघाट)मा पनि परै बसेर हेर्नुपर्ने त्यो पनि प्लास्टिकबाहिर मात्रै ।’

पशुपतिमा अन्तिम संस्कारको पालो पाउन करीब ५/६ घण्टा कुर्नुपर्‍यो ।

‘कोरोनाभाइरसका कारण मृत्यु हुने धेरै रहेछन्, पालो कुर्नुपर्दा समय लाग्दोरहेछ,’ दिलबहादुरले भने ।

पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा आइतवार कोभिडका कारण मृत्यु भएका १८ जनाको शव जलाइयो ।

दिउँसो ३ बजे पुग्दा ११ वटा शव जलिसकेको थियो, ३ वटा जलिरहेको थियो भने ४ वटा ल्याउनै बाँकी थियो ।

सीसीएमसीमा अस्पतालहरूले रिपोर्ट गरेका शवहरूलाई पशुपति आर्यघाटमा ल्याउने र पालो मिलाउने काममा एउटा टीम खटिएको छ ।

‘सीसीएमसीमा अस्पतालले फोन गरेर टिपाएअनुसार हामीले संख्या टिप्छौं, त्यसै अनुसार नै पालो मिलाएर दाहसंस्कार हुन्छ,’ पशुपतिमा खटिएका एक कर्मचारीले भने, ‘अरू शवहरू पनि अस्पतालबाट विस्तारै आउँदै छन् ।’

त्यहाँ ल्याएकाहरूलाई पालैपालो विद्युतीय शवदाह गृहमा जलाइन्छ । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x