×

NMB BANK
NIC ASIA

डाक्टरहरूको हड्तालबाट सिर्जिता पीडा

दुई दिन पैदल हिँडेर सातौं दिनमा अस्पताल आइपुगेकी रुकुमकी कुमारीले पाइनन् उपचार [भिडियो]

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Premier Steels

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो ।

Muktinath Bank

यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिकोट धाइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुमारीका अनुसार विकटमा रहेको घरबाट सदरमुकाम आइपुग्न झण्डै २ दिन हिँड्नुपर्छ । पटक–पटक धाउँदा पनि केही नलागेपछि श्रीमान करवीरसँगै उनी राजधानी काठमाडौं आइपुगेकी छन् ।


Advertisment
Nabil box
Kumari

आइतवार बिहान ललितपुरको पाटन अस्पताल पुग्दा थापा दम्पती प्रांगणमै रहेको प्रतीक्षालयमा टोलाइरहेको भेटिए ।

Vianet communication

टिकट काटेर चाँडै पालो पाइएला भनेर एकाबिहानै आएका उनीहरूले अस्पताल आएर मात्र थाहा पाएछन्, आज त बन्द रहेको कुरा ।

आइतवार र कुनै सार्वजनिक बिदा पनि नरहेकाले उपचार पाइन्छ भनेर ढुक्क हुँदै आएकी कुमारीलाई यो कुराले थप पीडा भयो ।

पहिलो कुरा त उनको उपचारका लागि पहिल्यै निकै खर्च भइसकेको छ, अर्कातर्फ यसपटक घरबाट हिँडेको ७ दिन भएछ ।

यसबीचमा यात्रा र खाँदा बस्दा निकै खर्च भइसकेको रहेछ । एकातिर उपचारका लागि पर्याप्त रकम बचेको छैन, अर्कातिर अझै अर्को दिन बस्नुपर्ने भयो ।

‘हामीले ल्याएको पैसा पनि सकिन लाग्यो, अब त उपचार गर्ने पैसा पनि छैन,’ करवीरले भने, ‘हिजो बिदा भएर अस्पताल आउन पाइएन, आज बन्द रहेछ ।’

श्रीमतीलाई निकै कष्ट हुने गरेको भन्दै करवीरले अब के गर्ने, कसो गर्ने अन्योल व्यक्त गरे । ‘हामी त टाढाबाट आयौं, यहाँ यस्तो रहेछ, के गर्ने होला, केही थाहा छैन,’ करवीरले लोकान्तरसँग गुनासो गरे ।

***

लालितपुरकै बाग्मती गाउँपालिकाबाट आएका पेमा स्याङ्तान लामाले पनि आइतवार उपचार पाएनन् । उनी आफ्नो पेटको समस्या लिएर अस्पताल आइपुगेका रहेछन् ।

यसरी एक्कासि अस्पताल बन्द हुँदा थप समस्यामा परेको उनको भनाइ छ । ‘डाक्टरहरू नै यसरी बन्दमा उत्रिँदा हामी कसको शरणमा जाने होला ?’ लामाले भने । 

null

यी दुई त प्रतिनिधि पात्र मात्र हुन्, समयमै टिकट लिन भनेर एकाबिहानै पाटन अस्पताल आइपुगेका सयौं बिरामी यसैगरी फर्किन बाध्य भएका छन् ।

पाटन अस्पताल मात्र हैन, देशभरका अस्पतालमा आइतवार सेवा ठप्प छ ।

हेटौंडाको सञ्चो अस्पतालमा भदौ २७ गते चिकित्सक द्वय डा. विकास थापा र डा. प्रशान्त बिँडारीमाथि आक्रमण भएको थियो । 

सोही घटनाको विरोध र पेशागत सुरक्षाको माग गर्दै चिकित्सक संघले आइतवार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x