स्वास्थ्यका लागि वरदान हो अमला, अनेकौं रोगको उपचार

कोरोनाभाइरसको कहरबाट बच्नका लागि रोगप्रतिरोधक क्षमता बलियो बनाउनुपर्ने हुन्छ । 

यसका लागि दिनदिनै अमला खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यसमा भिटामिन सी, आइरन, फाइबर, क्याल्सियम, एन्टी ब्याक्टेरियल, एन्टी भाइरल गुणहरू पाइन्छन् । 


Advertisement

अमला काँचै खाए पनि हुन्छ । अमलाको अचार बनाएर पनि खान सकिन्छ । यसको जुस बनाउन पनि सकिन्छ । 

अमलामा हुने एन्टी क्यान्सर गुणले शरीरका कोशिकामा क्यान्सर फैलिन दिँदैन । 

रक्तचाप नियन्त्रण गर्नका लागि अमला लाभदायक हुन्छ । 

अमलालाई सुुकाएर त्यसको धूलो बनाएर महमा मिसाएर खान सकिन्छ । यसले शारीरिक र मानसिक दुवैथरी समस्या निराकरण गर्छ । 

भिटामिन सी भरपूर हुनाले अमलाले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । मधुमेहका रोगीले दिनदिनै अमला खानुपर्छ । 

अमलामा पेप्टिक एसिड हुनाले अल्सरका रोगीहरूलाई राम्रो गर्छ । बिहान उठेर खाली पेट अमलाको जुस खाँदा लाभ हुन्छ । 

मोटोपनको समस्या छ भने दिनदिनै अमला खाने गर्नुस् । यसमा भएको पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुणले शरीरमा भएको फोहर निकाल्न सहायता गर्छ । तौल घटेर शरीर शेपमा आउँछ । 

अमलामा फाइबर भरपूर हुनाले यो खाँदा कब्जियत, डायरिया, पेट दुखाइ, अपचका समस्याबाट मुक्ति पाइन्छ । पाचनतन्त्र बलियो हुन्छ । 

आँखाको तेज बढाउनका लागि पनि अमला सफल छ । यसमा भएको भिटामिन सीले आँखा पोलेकोमा आराम दिन्छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्