×

NMB BANK
NIC ASIA

कोरोना महामारी

कोरोना संकटमा रेम्डिसिभिरको अभाव: ४ गुणा मूल्यमा कालोबजारी, आयात गरिँदै १ लाख ३० हजार भाइल

बैशाख २१, २०७८

NTC
Premier Steels

कोरोना संक्रमित बिरामीहरूको उपचारमा प्रयोग हुने रेम्डिसिभिर इन्जेक्सनको अभाव हुन नदिन १ लाख ३० हजार भाइल इन्जेक्सन नेपाल ल्याउन लागिएको छ ।

Muktinath Bank

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार भारतले नेपालमा उक्त इन्जेक्सनको आयातमा प्रतिबन्ध लगाएपछि विभागले बंगलादेश, पाकिस्तान र इजिप्टबाट आयात गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 


Advertisment
Nabil box
Kumari

‘अहिले बंगलादेशबाट प्रथम चरणमा ७ हजार भाइल आज रातिसम्म नेपाल आइपुग्छ,’ केसीले लोकान्तरसँग भने, ‘जसमध्ये ३ हजार भाइल त नेपाल आउनका लागि बाटोमा ‘अन द वे’ छ, बाँकी मात्रा आयात गर्नका लागि बोर्डरमा जाँचपासको क्रममा छ ।’ नेपालका औषधि आयतकर्ताहरूलाई बंगलादेशसँग १ लाख १० हजार भाइल, पाकिस्तान र इजीप्टसँग १०/१० हजार भाइल किन्नका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको उनले बताए। 

Vianet communication

भारतले पछिल्लो ३ हप्ताभन्दा अघिदेखि नै कोभिडको उपचारमा प्रेस्क्राइब गरिने औषधिहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा रेम्डिसिभिरको अभाव देखिएको हो।

उक्त औषधि अभाव देखिएपछि बिक्रेताहरूले स्टकमा भएपनि कृत्रिम अभाव सिर्जना गर्दै धेरै बढी मूल्य लिएर मात्र बिक्री गर्ने गरेको पाइएको छ। अधिकतम ५ हजार १ सय रुपैयाँमा पाइने उक्त औषधि १० देखि २० हजार रुपैयाँसम्म प्रति भाइल बिक्री गरिरहेका छन् ।

‘पहिलेनै भारतबाट आयात गरिएका केही भाइलमध्ये केही स्टकमा हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरेर अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको भन्ने गुनासो हामीकहाँ आएको छ,’ केसीले भने, ‘त्यसको नियन्त्रणका लागि पनि हामीले पनि मेकानिज्म तयार पारेर कुन बिक्रेतामा कति औषधि गएको थियो, कति छ, कति प्रयोग भयो त्यसको तथ्यांक निकालिरहेका छौं ।’

बजारमा विभिन्न कम्पनीका उक्त रेम्डिसिभिर भाइल उप्लब्ध छन् । कम्पनी हेरीहेरी न्यूनतम ४ हजार ९ सय रुपैयाँदेखि अधिकतम ५ हजार १ सय रुपैयाँ मात्र खुद्रा मूल्य नेपालमा कायम गरिएको छ।

‘गत वर्ष कोरोनाको पहिलो लहरमा ७ हजार बिरामीले उक्त औषधि प्रयोग गरेको थिए तर अहिले कोरोनाको दोस्रो लहर आएपछि पछिल्लो पाँच दिनमा मात्रै ३ हजार ५ सय भाइलको खपत भएको छ,’ केसीले थपे,‘पछिल्लो केही हप्तामा बिरामी ह्वात्तै बढेपछि उक्त औषधिको माग पनि बढेकाले केही अभाव भएको थियो, तर आजदेखि सहज तरिकाले उपलब्ध हुनेछ।’

अहिले पनि पुरानो स्टकका कतिपय भाइल नभएको होइन। गत वर्ष भारत बाट ५५ हजार भाइल नेपाल आयात गरिएको थियो। जसमध्ये धेरै बिक्री भए पनि केही केही कोभिड अस्पतालले स्टक गरेर राखेका छन् ।

नेपालमा अबको एक महिनाभित्रमा १ लाख ३० हजार भाइल आयात भइसक्ने उनको कथन छ । ‘धेरै सिकिस्त भएका कोरोना संक्रमितलाई प्रति बिरामी ६ भाइल औषधि चिकित्सकले लेख्ने गरेका छन्,’ केसीले भने,‘त्यसले पनि ठीक नभए पछि दोस्रो खेपमा ५ वटा गरी कुल ११ भाइल एउटा बिरामीलाई लाग्ने गरेको छ।’

यो मात्र होइन कोरोनाको सपोर्टिभ उपचारका लागि अन्य औषधि पनि प्रयोग हुने गरेको छ ।

‘मुख्य रूपमा डेक्सामेथासोन, जिंक, भिटामिन, अजीथ्रोमाइसिन लागयतका औषधि बढीजसो चिकित्सकले लेख्ने गरेका छन्,’ केसीले भने, ‘त्यो औषधि हामीसँग पर्याप्त छ, अभाव छैन।’

अहिलेको महामारीमा कोही आत्तिनु भएन, तोकिएको कोभिड अस्पतालको फार्मेसीमा सबै औषधि वितरण गरिएको छ, चिकित्सकले लेखेको प्रेस्क्रिप्सन लिएर ती अस्पताल वा बाहिरका बिक्रेतासँग समेत किन्न सकिने उनले बताए।

विदेशबाट आउन लागेको १ लाख ३० हजार रेम्डिसिभिर भाइल कोरोना संक्रमणको प्रभावित काठमाडौं उपत्यका, नेपालगञ्ज, वीरगञ्ज, विराटनगरका कोभिड अस्पतालमा पहिलो प्राथमिकताका साथ पठाइने उनले बताए। त्यसपछि माग अनुसार परिस्थिति हेरी अन्य जिल्लामा पनि पठाइने उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x