२६ जेठ २०८३, मंगलबार

काठमाडौं रेजर्स सुपर लिगको प्ले अफमा

बैशाख २६, २०७८
काठमाडौं रेजर्स सुपर लिगको प्ले अफमा

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शिर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो ।काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए ।
पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

काठमाडौंलाई अग्रता निकाल्ने क्रममा १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गरेका थिए । ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका थिए ।
खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए । सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गर्दै अग्रता घटाएका थिए ।

८१ औं मिनेटमा काठमाडौंका प्रिजेन तामाङले गोलकिपरसँगको वान भर्सेस वानमा गोलको अवसर गुमाए । प्रिजेनको कडा प्रहार चितवनका गोलकिपर रोमन रसाइलीको टाउको लाग्दै बाहिरिएको थियो । ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके । खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच चुनिए ।

 उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास उदास चुनिँदै नगद १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ । अर्को प्ले अफमा ललितपुर सिटीले बुधबार बुटवल एफसीसँग खेल्नेछ । काठमाडौं र धनगढीबीचको खेल मंगलबार हुनेछ ।

यस खेलको विजेता फाइनल पुग्नेछ । यस खेलमा पराजित हुने टोलीले बिहीबार ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्