×

NIC ASIA

फेरि विश्वासको मत लिने ओलीको तयारी

संसद अधिवेशन आह्वान हुँदै, जेठ १५ अगावै प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयास गर्ने

जेठ ५, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगावै संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने तयारी भएको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो । 

Muktinath Bank

‘अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्दैन भन्ने कुरामा प्रधानमन्त्रीज्यू प्रष्ट हुनुहुन्छ, त्यसैले बजेट अगावै विश्वासको मत लिने प्रयास हुन्छ’, एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने, ‘तपाई हामी यहाँ कुरा गर्दा गर्दै राष्ट्रपतिबाट संसद आह्वान हुनसक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । बजेट भन्दा अगाडी सरकारका नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । सरकारले संसद अधिवेशनका लागि राष्ट्रपतिलाई सिफारिश गरिसकेको र आज भोलिमै संसदको अधिवेशन आह्वान हुने ती नेताले बताए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार राति राष्ट्रपति विद्या भण्डारीलाई भेट गरेका थिए । गत वैशाख २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिने प्रयास गरेपनि विश्वास प्राप्त गर्न सकेका थिएनन् । 

Vianet communication

त्यसको ४ दिनपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यसपटक पनि विश्वासको मत लिन प्रयास गरिने ती नेताले बताए । ‘२०५१ सालमा मनमोहन अधिकारी सरकारलाई कांग्रेसले समर्थन गरेको थियो, के थाहा यसपटक पनि समर्थन गरेर विश्वास प्राप्त भइहाल्छ कि ?’ उनले लोकान्तरसँग भने । 

विश्वासको मतको लागि प्रधानमन्त्री ओलीले गृहकार्य गरिरहेको उनले बताए । एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षले भोट दिएमा ओलीले विश्वासको मत लिन सक्छन् । यसअघि एमालेका २८ सांसद विश्वासको मत दिने बैठकमा अनुपस्थित भएका थिए । 

‘प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने फेरि अर्को प्रक्रिया शुरु होला,’ ती नेताले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x