×

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा | जेठ १२, २०८१

 सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् ।

विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदैआएकामा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ । 


Advertisment

स्थानीय विनोद पासमानले पासमान सामुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरु अन्यायमा परेको बताए। “यो सामुदायिक भवनसँग हाम्रो तीन दशकको सम्बन्ध छ । यसमा समुदायको सामाजिक, सांस्कृतिक एवम् भावनात्मक सम्बन्ध गाँसिएको छ । तत्कालीन कर्जना गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौँ”, पासमानले भने, “यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौँ । अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने ?” 


Advertisment

स्थानीयले वडाध्यक्षको संलग्नतामा  गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन सुरू गरेका छन् ।

अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेस प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि रु ५० लाख विनियोजन गरिएकामा सो रकम कार्यान्वन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए । 

सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटकपटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुनसकेको छैन । वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दी देवी पासमानले बताए । 

सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ । स्थानीयले वडाध्यक्ष मो.मस्तकिमकै मिलेमतोमा उक्त काम भएको बताइरहेका छन् भने अवडाध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालिन कार्यवाहक वडाध्यक्ष मोतीप्रसाद पासमानले सिफारिस दिएको बताइहेका छन् । 

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x