×

NMB BANK
NIC ASIA

कोरोनाले धकेल्दै विकास निर्माण

फेरि धकेलियो गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने मिति, म्याद थपका लागि निवेदन

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि ६ महिना पछाडि धकेलिएको छ ।

Muktinath Bank

निर्माणको अन्तिम चरण पुगे पनि कोभिड–१९ का कारण विमानस्थलको काममा अवरोध हुँदा सञ्चालन मिति पर धकेलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीको भैरहवामा रहेको विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने म्याद यही असार १६ (जुन ३०) गते सम्मलाई मात्र छ । 


Advertisment
Nabil box
Kumari

विमानस्थलका आयोजना प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले प्राविधिक कामका लागि विदेशबाट कामदार महामारीका कारण ल्याउन नसक्दा थपिएको अन्तिम मितिमा पनि सम्पन्न हुन नसक्ने अवस्था आएको बताए । अधिकारीका अनुसार विमानस्थलको भौतिक काम ९७ प्रतिशत सकिएको छ । भौतिक निर्माण करीब सकिँदा विमानस्थल चिटिक्क र आकर्षक देखिएको छ । 

Vianet communication
Laxmi Bank

शुरूमा सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनीसँग सहमति भएको थियो । तर, म्याद थप गर्दै जाँदा सन् २०२२ सम्म पुग्ने आशंका पैदा भएको छ । अब म्याद थप गर्दा ६ पटक थप हुनेछ ।

‘महामारीले ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम रोकियो,’ अधिकारीले लोकान्तरसँग भने, ‘विभागले कूटनीतिक पहल गर्दा पनि महामारीको डरले पहल सफल हुन सकेन् । अहिले थाइल्याण्डले आफ्नो देशमा विदेशी नागरिक आउन पनि दिएको रहेनछ । आफ्ना नागरिकलाई देशबाहिर जान पनि दिएको छैन भन्ने सन्देश आयो ।’ 

ग्राउण्ड जाँच भइसकेको विमानस्थलका उपकरणले काम गरेका छन् कि छैनन् भन्ने जाँदा विदेशबाट जहाज ल्याएर गर्नुपर्ने हुन्छ । त्यसका लागि थाइल्याण्डबाट टुइनटर जहाज ल्याउनुपर्छ । जहाज प्राविधिक जनशक्ति ल्याउन सकेमा डेढ/दुई महिनाभित्रै काम सम्पन्न हुने आयोजनाको भनाइ छ । 

‘वैशाखको पहिलो सातामा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने सम्बन्धी महत्त्वपूर्ण उपकरण जडान भएका छन् । ती जडान गरिएका उपकरण ठीक भए/नभएको र सही काम गरे/नगरेको बारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्था हुन्छ । त्यो विमान भनेका थाइल्याण्डबाट ल्याउनुर्छ,’ अधिकारीले थपे ।

अहिले टर्मिनल भवनमा केही उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । विभिन्न झण्झट र व्यवधानकाबीच बनेको विमानस्थललाई लुम्बिनी प्रदेशको विकासको मूल ढोकाका रूपमा हेरिएको छ । राष्ट्रिय गौरवको आयोजना विमानस्थल झण्डै ८ वर्षको अवधिमा भौतिक संरचना निर्माण करीब सकिए पनि कोरोनाले विदेशबाट प्राविधिक ल्याउन समस्या हुँदा अहिलेको अवस्था सिर्जना भएको देखिन्छ । 

विमानस्थल निर्माणमा कार्यरत चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले म्याद थपका लागि निवेदन दिइसकेको छ । आयोजना स्थलमा अहिले पनि नेपाली, भारतीय र चिनियाँ गरी १०० जनाभन्दा बढी कामदारले काम गरिरहका छन् । 

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला विमानस्थलको शिलान्यास गरेका थिए । विमानस्थलले लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको छ । आयोजनाका अनुसार विमानस्थल दुई चरणमा निर्माण  भइरहेको छ । आईसीपी १ र आईसीपी २ गरी विमानस्थलको काम भएको हो । 

विमानस्थल २०७२ को भूकम्प र मधेश आन्दोलनको अवरोध, नदीजन्य पदार्थको समस्याले विभिन्न अल्झन झेल्दै अन्तिम चरणमा आइपुगेको हो । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्नसक्ने अवस्था हुन्थ्यो । 

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरू भएको विमानस्थल  निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । एसियाली विकास बैंक (एडिबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ ।

विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ । विमानस्थल सञ्चालनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ । पर्यटन व्यवसायी गोपाल रानाले विमानस्थल छिटो सञ्चालनमा आए कोरोनाले थला परेको पर्यटन क्षेत्रले केही भए पनि राहत महशुस गर्ने अवस्था आउने बताए । 

कूल ७८७ विघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ । जहाँ तीन किलोमिटर लामो धावनमार्ग बनेको छ ।

विमानस्थलमा बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् ।

विमानस्थलको उडानका लागि अहिलेसम्म रुट परमिट पाइसकेको छैन । विमानस्थल भारतसँगको सीमानाबाट झण्डै ३ किलोमिटरको दूरीमा छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x