२२ असार २०८३, सोमबार

प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

चार पटकसम्म अवरुद्ध भएको प्रदेश १ को प्रदेश सभा बैठक मंगलवारदेखि सञ्चालनमा आएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको बोली संसद्को रेकर्डबाट हटाउने जनाएपछि प्रदेश सभा बैठक सञ्चालनमा आएको हो । 

माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो । 

बैठकमा मन्त्री गुरुङले सदनमा अमर्यादित भई प्रदेश सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएको भन्दै माओवादीले संसद् अवरुद्ध पारेको थियो । 

माओवादी केन्द्रले बोली फिर्ता लिँदै मन्त्रीले संसदमा गरेको भाषण संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेको थियो । 

मंगलवारको प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुखले मन्त्रीले गरेको भाषण रेकर्डबाट हटाइने जानकारी दिएका थिए । 

मंगलवारको संसद् बैठक बस्नुअघि प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । त्यसलगत्तै दलका नेताहरूबीच भएको छलफलले सदन सञ्चालन गर्ने सहमति भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्