×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तार विवाद

सर्वोच्चलाई प्रधानमन्त्रीको १७ बुँदे जवाफ–अदालतबाट जारी आदेश आत्मपरक छ [पूर्णपाठसहित]

असार २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी सर्वोच्च अदालतबाट जारी भएको आदेश आत्मपरक रहेको जिकिर गरेका छन् । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्चलाई १७ बुँदे लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले ‘संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभाको विघटन भइ प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहेकाले सरकार विस्तार गर्न नमिल्ने भनि दायर निवेदन र सोका आधारमा सम्मानित अदालतबाट जारी आदेश नितान्त आत्मपरक छ’  भनेका छन् ।

Muktinath Bank

उनले संविधानले कल्पना नगरेको विषयमा आत्मपरक रुपमा हुने अनुमानका विषयलाई संवैधानिक वा कानुनी रुप दिइ संविधानको ब्याख्या हुन नसक्ने पनि ओलीले जिकिर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन संविधान बमोजिम भएको दावी गर्दै मन्त्रिपरिषद् विस्तारको कार्य बदर गरी पाउँ भन्ने दावी नै संविधानसम्मत नरहेको जवाफमा उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

निवेदकले न्यायिक विषय भन्दा राजनीतिक विषय उठान गरी फूलबुट्टा भरी बारम्बार चर्चा तथा परिचर्चाको लागि रिट दायर गरेको भन्दै ओलीले सो रिट खारेज गर्न समेत माग गरेका छन् ।

Vianet communication
Laxmi Bank

मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको पनि उनको दावी छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा जेठ २१ मा सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशपछि २१ मन्त्री तथा राज्यमन्त्री पदमुक्त भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x