×

NMB BANK
NIC ASIA

सदनमा एमाले विवादको प्रतिबिम्ब

संसदमा एमालेको दुईथरी बोली : कसैले भन्छ– आदेश र परमादेशको सरकार, कसैले गर्छन् स्वागत

साउन १५, २०७८

NTC
प्रतिनिधि सभाको शुक्रवारको बैठक
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको विवादको प्रतिबिम्ब सदनमा पनि देखिएको छ ।

Muktinath Bank

एमालेका केही सांसदले सर्वोच्च अदालतको फैसलाको विरोध गर्न छाडेका छैनन् भने केहीले स्वागत गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य र विशेष समयमा पनि एमाले सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेशको सरकार’ भन्दै व्यंग्य गरे । 


Advertisment
Nabil box
Kumari

शून्य समयमा सांसद दामोदर भण्डारीले सरकारलाई अन्तैको आदेश र परमादेशको सरकार भन्ने टिप्पणी गरे ।

Vianet communication

‘अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट वर्तमान सरकार बनेको तीन हप्ता पूरा भएको छ र पनि सरकारले पूर्णता पाउन सकेको छैन । कुन नीति हो, कुन कार्यक्रम हो, कुन उद्देश्य हो, थाहा छैन । नीति, उद्देश्य र कार्यक्रमका बारेमा कहीँ कतै उल्लेख छैन । फेरि इशारा वा आदेश पर्खिएको हो कि ? सरकारको प्राथमिकतामा विभिन्न अपराधका आरोपीहरू छुट्ने क्रम बढ्दो छ । फैसलाबाट आरोप र अभियोग लगाउन मिल्दैन भन्ने तथ्यहरू बाहिर आइरहेका छन् । सरकारको प्राथमिकता यही हो ?’ भण्डारीले प्रश्न गरे ।

एमालेकै सांसदद्वय निरा जैरु र पार्वती विशुंखेले प्रतिनिधि सभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको कदमको स्वागत गरे ।

सांसद जैरुले सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै प्रतिनिधि सभाका २७४ सांसदको पद जोगाइदिएको टिप्पणी गरिन् । 

सांसद विशुंखेले प्रतिनिधि सभा पुनःस्थापना भएकोमा सबै लोकतन्त्र पक्षधरलाई धन्यवाद, न्यायालयलाई सम्मान र सांसदलाई बधाई दिइन् ।

उनले पुनःस्थापित प्रतिनिधि सभालाई जीवन्त बनाउन संसद्लाई बिजनेस दिन सरकारको ध्यानाकर्षण गराइन् । 

एमाले संस्थापन पक्षका सांसदहरूले सरकारलाई जनादेश नभई परमादेशको सरकार भनेर व्यंग्य गर्ने गरेका छन् भने कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षले सरकारको बचाउ गर्ने गरेका छन् ।

प्रतिनिधि सभाको बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको  छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x