२२ असार २०८३, सोमबार

गोकुल बाँस्कोटाको ट्वीट– एमाले एकता पानीबाट घ्यु निकाल्ने प्रयास, काजीलाई सुप्रिमोले नै मन्त्री बन्न दिएनन् !

गोकुल बाँस्कोटाको ट्वीट– एमाले एकता पानीबाट घ्यु निकाल्ने प्रयास, काजीलाई सुप्रिमोले नै मन्त्री बन्न दिएनन् !

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमाले एकताका लागि भइरहेको जोडबललाई पानीबाट घ्यु निकाल्ने प्रयाससँग तुलना गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा सोमवार बाँस्कोटाले लेखेका छन्– 'यता (एमालेमा) पानीबाट घ्यु निकालौँला झैँ गरी मदानी खिउञ्जेल चमत्कार हुने भ्रमपूर्ण आशामा पानीमा मदानी घुमाइरहने उता सुप्रिमो (प्रचण्ड)कै अनुरोधमा देउवाले काजी कमरेड (नारायणकाजी श्रेष्ठ)लाई दुई वर्षदेखिको मन्त्री बन्ने मूर्च्छित सपना पूरा गर्न सक्दिनँ भन्देछन् । हैट, गाह्रो रैछ हो राजनीतिको खिचडी पाक्न !!!'

हेर्नुहोस्, बाँस्कोटाको ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्