×

यसरी खिच्नुहोस् मोबाइलबाट राम्रो फोटो

साउन २५, २०७८

तस्वीरः फोटोब्लगबाट ।

अचेल मानिसहरू डीएसएलआर क्यामराभन्दा स्मार्टफोनबाट फोटो खिच्न मन पराउँछन् । किनकि मोबाइलबाट फोटो खिच्न सजिलो हुन्छ र अहिले स्मार्टफोनमा गुणस्तरीय क्यामराहरू राख्न थालिएको छ । 

यद्यपि कतिपय अवस्थामा प्रयोगकर्ताहरूले फोटो खिच्ने बेला केही कुराहरूमा दिँदैनन्, जसकारण फोटो नराम्रो आउँछ । यस्तोमा प्रश्न उठ्न सक्छ कि फोटो खिच्ने बेला के–के कुरामा ध्यान दिने त ? यहाँ केही टिप्सहरू छन्, जसले तपाईंलाई फोटो खिच्ने बेला मद्दत गर्नेछ । 


Advertisment

जुमको प्रयोग कम गर्नुहोस्


Advertisment

धेरै व्यक्तिहरूले फोटो खिच्ने बेला जुमको प्रयोग गर्छन् । तर, यस्तो गर्नुहुँदैन । किनकि धेरै जुम गरियो भने फोटोको पिक्सेल फाट्छ, जसकारण फोटो राम्रो आउँदैन । 

यसका लागि तपाईंले जुमविना नै फोटो खिच्ने कोसिस गर्नुहोस् । जति सकिन्छ उति अब्जेक्टको नजिक जानुहोस् । साथै आफ्नो हातलाई कुहिनासँग जोडेर राख्नुहोस्, ताकि हात नहल्लियोस् । यस्तो गरियो भने तपाईंले राम्रो फोटो खिच्न सक्नुहुन्छ । 

ग्रिडलाइनको उपयोग गर्नुहोस् 

राम्रो फोटो खिच्नका लागि तपाईं ग्रिडलाइनको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिड लाइनको मद्दतले तपाईं सहजै अब्जेक्टमा फोकस गर्न सक्नुहुन्छ र शानदार तस्वीर खिच्न सक्नुहुन्छ ।

पोर्ट्रेट मोडको गर्नुहोस् प्रयोग

तपाईं शानदार ‘ब्लर्ड ब्याकग्राउण्ड’ चाहनुहुन्छ भने तपाईंले पोर्ट्रेट मोडको प्रयोग गर्नुपर्छ । 

सामान्यतया शानदार ‘ब्लर्ड ब्याकग्राउण्ड’ फोटोहरू डीएसएलआरबाट सम्भव हुन्छ । तर, अहिले मोबाइल फोनबाट पनि सम्भव हुन्छ । 

तपाईंको मोबाइलमा पोर्ट्रेट मोड छ भने यसबाट तपाईंले ब्लर्ड ब्याकग्राउण्ड फोटो खिच्न सक्नुहुन्छ । 

पोर्ट्रेट मोड धेरैजसो क्यामरामा बिल्ड–इन क्यामरा मोडमा उपलब्ध हुन्छ । पोर्ट्रेट मोड स्क्रिनको तल्लो भागमा हुन्छ । यस्तोमा फोटो खिच्न ६ देखि ८ फिटको दूरीबाट फोटो खिच्नुपर्छ ।  

प्रकाशलाई ध्यान दिनुस् 

स्मार्टफोनमा फोटो खिच्ने बेला प्रकाशको ख्याल गर्नु एकदमै जरुरी हुन्छ । थोरै उज्यालोमा राम्रो फोटो आउँदैन । राम्रो फोटोका लागि जुन दिशाबाट प्रकाश आइरहेको छ, त्यो दिशामा तपाईंको ढाड पार्नुहोस् । साथै यो पनि ख्याल गर्नुहोस् कि अब्जेक्टमा प्रकाश परेको छ कि छैन । 

फ्लास लाइटको प्रयोग कम गर्नुहोस् 

अचेल सबै स्मार्टफोनमा फ्लास लाइट हुन्छ । तर, यो जरुरी छैन कि हरेक पटक फोटो खिच्दा यसको प्रयोग गर्नुहोस् । 

राम्रो लाइटमा पनि शानदार फोटो क्लिक गर्न सकिन्छ । 

एकदमै जरुरी भएको बेला मात्रै फ्लास लाइटको प्रयोग गर्नुहोस् । पर्याप्त प्रकाशमा फ्लास लाइटको प्रयोगले फोटो नराम्रो देखिन्छ । 

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

जेठ १४, २०८१

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर'...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x