×

NIC ASIA

माधव नेपालको पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी, नामका लागि पाँच विकल्पमा छलफल

भदौ २, २०७८

Prabhu Bank
NTC
Premier Steels

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ । 

Muktinath Bank

तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी  दिए ।


Advertisment
Nabil box
Kumari

नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् । 

Vianet communication

सोही कागजपत्रलाई अन्तिम रूप दिनको लागि नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेताहरूलाई बोलाइएको छ ।  

‘नयाँ राजनीतिक दल दर्ताको लागि सबै काम पूरा भएको छ । अध्यादेश जारी भएपछि आजै निर्वाचन आयोग जाने सम्भावना छ,’ नेपाल निकट एक नेताले भने । 

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीका लागि पाँच वटा नाममा छलफल भइरहेको ती नेताले बताए । 

उनले भने, ‘नयाँ पार्टीको नाम जुराउनका लागि केही साथीहरूलाई जिम्मेवारी दिइएको छ । उहाँहरूले पाँचवटा नाम सिफारिस गर्नु भएको छ । त्यसमा छलफल गरेर आज टुंगो लाग्छ,’ ती नेताले भने ।

सिफारिस भएका नामहरू नेकपा एमाले क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, नेकपा एमाले समाजवादी, नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी मध्ये एउटा नाम रोजिने नेताहरूले बताएका छन् । 

‘जनुसुकै नाम भए पनि पछाडि समाजवादी राख्नुपर्छ भन्ने धेरैजसो नेताहरूको मत छ । नेकपा एकीकृत समाजवादी वा नेकपा एमाले समाजवादीमध्ये एउटा नाम राखेर पार्टी दर्ता हुन सक्छ,’ नेपाल निकट स्रोतले बतायो ।

नयाँ बन्ने पार्टीमा तत्कालका लागि अध्यक्ष र वरिष्ठ नेता राख्ने गरी विधान तयार गरिएको छ । नयाँ बन्ने पार्टीको चुनाव चिन्ह भने पुस्तक, ताराभित्र हँसिया हथौडा र कलसमध्ये एउटा हुन सक्ने स्रोतले बतायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x