×

NMB BANK
NIC ASIA

अहिलेको सरकार समय नपुगी अप्ठ्यारो अवस्थामा जन्मेको बच्चाजस्तो : नेम्वाङ

भदौ २१, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समय नपुगी अप्ठ्यारो अवस्थामा जन्मेको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

एमालेको भातृ संगठन युवा संघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भने, ‘गाउँघरमा सात महिना नपुगी बच्चा जन्मियो भने अप्ठ्यारो अवस्थामा जन्मियो भने यसको लक्षण त ठीक छैन भनिन्छ । सिन्को पनि भाँच्न नसक्ने अवस्थाको सरकार छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञहरूको लागि पनि उदेकलाग्दो सर्वोच्च अदालतको फैसलाबाट बनेको सरकार भएका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘परमादेश सरकार भएको हो कि के हो ५० दिन भइसक्यो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । कहीँ पनि सरकार विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै ढल्ने हो कि दल फुट्ने हो कि भन्ने अचम्मको अवस्थामा यो सरकार चलिरहेको छ,’ नेम्वाङले भने । 

Vianet communication

यो सरकार जनताले नबनाएको उनी बताउँछन् ।

‘जनताले बनाएको सरकार होइन । जननिर्वाचित केपी ओलीको सरकारलाई विभिन्न कारणले विस्थापन गरेर अदालतको परमादेशले जन्माएको सरकार भएर होला सिन्को पनि भाँच्न सकेको छैन ।’

सर्वोच्च अदालतले विज्ञहरूका लागि पनि उदेकलाग्दो फैसला गरेको उनले बताए । ‘सर्वोच्च अदालतको फैसला विज्ञहरूको लागि पनि उदेकलाग्दो छ । कांग्रेस र माओवादीका सांसदलाई ह्वीप लाग्ने र अरू दलका सांसदलाई ह्वीप नलाग्ने फैसला गर्‍यो । केपी ओली फेरि सरकारमा आउँछन् कि भनेर गौडा छेक्ने गरी फैसला गरेको छ ।’

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवाको सरकारलाई आवश्यक पर्‍यो भने सय जनासम्मको सरकार बनाउने अधिकार दिएको भए हुने भन्दै व्यङ्ग्य गरेका थिए ।  

‘शेरबहादुर देउवाको सरकार त चानचुने सरकार हो र ? यो सरकारले ताल पर्‍यो भने ७० जना, ८० जना र आवश्यक पर्दा सय जनासम्मको मन्त्रिपरिषद् बनाउन पाउने अधिकार अदालत दिएको भए हुन्थ्यो ।’ 

मनमोहन अधिकारी नेतृत्वको सरकारको बेलामा अदालतले गरेको फैसलाले प्रधानमन्त्रीय प्रणालीलाई अप्ठ्यारो पारेको र त्यो बुझ्न पाँच वर्ष समय लागेको नेम्वाङले बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x