एमालेलाई दोष लगाएर सरकारले आफ्नो नालायकी ढाकछोप गर्न खोज्यो– विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बजेट प्रतिस्थापन विधेयक पारित गर्न नसक्ने सरकारले आफ्नो नालायकी ढाकछोप गर्न नेकपा एमालेलाई दोष देखाउने कोशिश भएको आरोप लगाएका छन् । एमाले सरकारले ल्याएको बजेटका विकास र पूर्वाधारका कार्यक्रम हटाएर वर्तमान सरकारले जनविरोधी काम गरेको उनको आरोप थियो । 


Advertisement

रुपन्देहीमा एमाले अगुवा कार्यकर्ता भेलालाई बुधवार बुटवलमा सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पौडेलले जनताले समर्थन गरेको बजेट प्रतिस्थापनको नाममा सरकारी खर्च रोकिने अवस्था सिर्जना गरेको बताएका हुन् ।


Advertisement

‘हामीले प्रस्तुत गरेको र आमजनताले समर्थन गरेका त्यो बजेट कार्यान्वयन गर्ने होइन, विस्थापन गर्ने नाममा सरकारले नालायकी देखाएको छ । जनताका पक्षमा गरिएका निर्णय, विकास र पूर्वाधारका आयोजना रद्ध गरेर प्रतिस्थापन विधेयक ल्याइएको छ,’ पौडेलले भने, ‘प्रतिस्थापन विधेयक पारित भएन भने खर्च हुने अवस्था छ । सरकारले आफ्नो कमजोरी लुकाउन दोष प्रतिपक्षमाथि सोझ्याउने कोशिश गर्दैछ ।’

सरकार जनता र राष्ट्रको विरुद्धमा काम गरिरहेको आरोप लगाउँदै पौडेलले जनताको विश्वास जितेर फेरि सरकारमा आउने दाबी गरे । 


Advertisement

माधव नेपाललाई एक सिट जित्न चुनौती

उपमहासचिव पौडेलले पार्टी केन्द्र र संसदीय दलमा झण्डै आधा हिस्सा छुट्टिएर गएको मालेले देशभरमा एक सिट जित्न नसकेको उदाहरण दिँदै आगामी निर्वाचनमा एक सिट जित्न माधव नेपाललाई चुनौती दिए । 

‘२०५४ सालमा एमाले विभाजित हुँदा केन्द्र महाकाली सन्धी जस्तो एजेण्डा थियो, संसदीय दल र केन्द्रीय समितिमा आधा थियो, मालेले देशभरीमा १ सिट जित्न सकेन,’ पौडेलले भने, ‘अहिले विचारविना केबल स्वार्थका कारण विभाजित भएको झुण्डले देशमा एक सिट जित्ने सम्भावना छ ? कतै जमानत जोगाउने अवस्था छ ?’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्