संखुवासभा हत्याकाण्डमा थप ४ जना पक्राउ

संखुवासभा हत्याकाण्डमा थप ४ जना पक्राउ
फाइल फोटो

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप ४ जना पक्राउ परेका छन् ।


Advertisement

प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको छ ।


Advertisement

पक्राउ गरिएका चारै जनालाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया पत्नी कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।


Advertisement

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रवार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको छ ।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रवार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोलागाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा ४ जनालाई पक्राउ गरिएको सुवेदीले बताए ।

पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् । 
 

कमेन्ट गर्नुहोस्