शेखर कोइरालाले भने- कार्यकर्ताहरू नेताको दास भए

फाइल तस्वीर।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्ताहरू नेताको दास भएको आरोप लगाएका छन् । 


Advertisement

आज कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको नेतृत्वले कार्यकर्तालाई दास बनाएको बताए ।


Advertisement

आफ्नो पक्षले हार्ने भएपछि प्रदेश २ सहित केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगाइदिएको उनको आरोप छ । 

कांग्रेस सभापतिकै कारणले धेरै जिल्लामा विवाद भएको उनले बताए । जोसुकैले जिते पनि कांग्रेसले जित्छ भन्ने अवस्थामा नआउँदा ७० वर्षको इतिहासमा पुलिस लगाएर वडाको अधिवेशन गर्नु परेको बताए । उनले यसको असर स्थानीय प्रदेश तथा संघमा देखिने भन्दै चिन्ता व्याप्त गरे । 


Advertisement

कार्यकर्ताहरूलाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्नु गलत भएको उनले बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्