×

NMB BANK
NIC ASIA

आश्वासनमा धोका

सरकारले धोका दिँदा स्वास्थ्यकर्मीको दशैं खल्लो !

असोज २७, २०७८

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिनादेखि बन्द रहेको रानी–जोगबनी नाका दशैंको मुखमा खुल्यो । दशैंका लागि स्वदेश फर्किने र किनमेलका लागि निकटवर्ती भारतीय बजार जानेका कारण सीमामा आवतजावत बढ्यो ।

Muktinath Bank

कोरोना महामारीको जोखिम कायमै रहेकाले सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ राखेर यात्रुको स्वास्थ्य परीक्षण गरिन्छ । सीमा क्षेत्रमा दशैंको चहलपहल देखिए पनि सीमा क्षेत्रमै खटिएका स्वास्थ्यकर्मीको दशैं भने खल्लो हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिने निर्णय गरेको थियो । तर सीमामा खटिने स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन् । घोषणा गरिसकेको भत्ता पनि नदिएर स्वास्थ्यकर्मीलाई सरकारबाट धोका भएको छ ।


Advertisment
Nabil box
Kumari

जोगवनी नाकाको हेल्थ डेस्कमा ८ जना स्वास्थ्यकर्मी खटिन्छन् । ती स्वास्थ्यकर्मी विराटनगर महानगरपालिका अन्तर्गतका कर्मचारी हुन् ।

Vianet communication

महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले संघीय सरकारले जोखिम भत्ता नपठाएका कारण समस्या भएको बताए । महानगरपालिका अन्तर्गत स्वास्थ्यमा खट्ने कसैले पनि जोखिम भत्ता नखाएको उनले बताए । दशैंतिहार पछाडि भत्ता आउन सक्ने उनले बताए । 

जोगवनीमा हेल्थ डेस्कमा दैनिक १५–२० जनासम्मले स्वास्थ्य परीक्षण गर्ने गरेका डा. कमलकिशोर यादवले बताए । धेरैले भारतमै कोरोनाको खोप लगाएर आएको भनेर चेकजाँच गर्न नमान्ने गरेको उनले बताए ।

नाका खुलेपछि भारतीय बजारमा नेपाली ग्राहकको भीडभाड बढिरहेको छ भने नेपालका स्थानीय बजार सुनसान छन् । असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नाका खोल्ने निर्णय गरेको थियो ।

किनमेल गरेर फर्किनेलाई प्रहरीको दुःख

नाका खुला भएसँगै जोगवनीमा घरायसी सामग्री लिने गृृहणीको संख्या धेरै छ । मरमसाला, चिनी र लत्ताकपडा किन्नेको भीड जोगवनी बजारमा देखिन्छ । ‘भारतका पुलिसले दुःख दिँदैनन्, नेपालका पुलिसले धेरै दुःख दिने गरेका छन् । हातेझोलामा सामग्री लिएर गए पनि चेकजाँचका नाममा घण्टौंसम्म नाकामै उभ्याउँछन्,’ पथरी शनिश्चरे नगरपालिकाकी स्थानीय सोनु पोख्रेलले भनिन्, ‘चेकजाँच गरेर मात्रै पठाउनु राम्रो हो तर झोलाबाट देखाउँदा हुँदैन, सडकमै राखेर देखाउनुपर्छ । पुलिसले भीडमा मास्क नलाउनेलाई केही कारवाही गर्दैन ।’ नेपाली बजारमा प्रतिकिलो ९०–९५ रुपैयाँमा पाइने चिनी जोगबनीमा ६० रुपैयाँ प्रतिकिलो पाइन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काषिराज दाहालले नाकामा चाडपर्वको समयमा कडा मात्रै गरिएको बताए । ‘तोकेको मापदण्ड बढी सामग्री ल्याउन दिइन्न,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x