२६ जेठ २०८३, मंगलबार
बारको आन्दोलन

प्रधानन्यायाधीशलाई रोक्न भन्दै तेस्रो दिन पनि सर्वोच्चमा बारको धर्ना, वकिलको माइक थुतियो

कात्तिक २९, २०७८
प्रधानन्यायाधीशलाई रोक्न भन्दै तेस्रो दिन पनि सर्वोच्चमा बारको धर्ना, वकिलको माइक थुतियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले सोमवार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्ना दिएको छ ।

शुक्रवार सर्वोच्चको गेटबाहिर धर्ना दिएको बारले हिजोदेखि अदालतको कम्पाउन्डभित्रै धर्ना दिएको हो ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनलाई मुख्य एजेन्डा बनाएर चरणबद्ध आन्दोलन गरिरहेको बारले शुक्रवारदेखि बिहान डेढ घण्टा सांकेतिक विरोध गरिरहेको छ ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको, अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, पेशी तोक्दा गोलाप्रथा लागू गर्न इन्कार गरेको जस्ता आरोप लगाउँदै बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

अदालतभित्र नाराबाजी र भाषण हुने गरेकोमा सोमवार वकिलले ल्याएको माइक सुरक्षाकर्मीले जफत गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्