×

NMB BANK
NIC ASIA

लोकान्तर राउण्ड अप

पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसियो, जबरालाई महाभियोग लगाउन हारगुहार

मंसिर ७, २०७८

NTC
Premier Steels

आज मिति २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचारसहित हामी उपस्थित भएका छौँ ।

Muktinath Bank

सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशको अधिकार कटौती हुनेगरी नियमावली संशोधन भएको छ । न्यायाधीशहरुले गोला तानेर मुद्दा हेर्नेगरी नियमावली संशोधन भएपछि अहिलेसम्म प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था परिवर्तन हुने छ । सर्वोच्च अदालतको इतिहासमा प्रधानन्यायाधीशले पेसी तोक्ने अधिकार खोसिएको उल्लेखनीय परिघटना हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमावली संशोधन प्रस्ताव फुलकोर्टले पारित गरेपछि कानून मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभाग पुगेको थियो भने सोमबार नै मुद्रण विभागले राजपत्रमा छापेर बेवसाइटमा राखिसकेको छ ।
अब पुनः फुलकोर्ट बैठक बसेर गोला प्रथा लागू गर्ने मिति तय हुनेछ ।


Advertisment
Nabil box
Kumari

त्यसपछि पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकारलाई कटौती गर्दै न्यायाधीशहरूले आफैं मुद्दाको गोला तान्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गोला तान्न नदिने, उनले गोला तानेमा पनि उनीसँग बेञ्च शेयर नगर्नेमा न्यायाधीशहरू एकमत छन् ।

Vianet communication

प्रधानन्यायाधीश जबरामाथि गम्भीर प्रश्नहरू उठेका कारण पदबाट राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसन आन्दोलित छ ।
यसैबीच बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आग्रह गर्दै दलहरुलाई हारगुहार गर्न थालेको छ।  जसअनुसार  सोमबार बारले सभामुख अग्निप्रसाद सापकोटलाई भेट गरी संवैधानिक बाटोबाट समस्या समाधानका लागि दलहरूलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ ।

यस्तै, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई जबरामाथि महाभियोग लगाउन र सर्वोच्चको सुदृढीकरणको आन्दोलनमा साथ दिन आग्रह गरेको गरेको छ । यस्तै बारले राष्ट्रिय सभा अध्यक्ष, माओवादी केन्द्र, जसपालगायतलाई पनि ज्ञापनपत्र बुझाएको छ । बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै करिब ४ सातायता लगातार आन्दोलन गर्दै आएको छ ।
००००
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए। यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा। आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् । सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन प्रारम्भ भएको थियो ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताए ।
००००
पछिल्लो २४ घन्टामा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ नमूना परीक्षणमध्ये ३६७ पीसीआर र १८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
एमाले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । सोमबार नै बस्ने भनिएको बैठक मंगलबार ११ बजेका लागि सारिएको छ । बैठकमा महाधिवेशन केन्द्रीत विषयमा छलफल हुनेछ । एमालेको महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन शुरू भएको छ । सोमबार देखि सुरु भएको निर्वाचनबाट महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाको महाधिवेशन मंसिर १५–१७ काठमाडौंमा हुँदैछ । यसैबीच राप्रपाको अध्यक्षमा राजेन्द्र लिंदेनले उम्मेदवारी दिने भएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा ६ मन्त्रीलाई सहभागी गराएर विकास बहस गराएका छन् । ‘समृद्ध भरतपुरको लागि विकास बहस’ नामक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेम आले, मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिलामन्त्री कृष्ण खनाल सहभागी थिए । एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि प्रचण्डको पनि गृहजिल्लामा सक्रियता बढेको छ ।
००००

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापति हुनुपर्ने २३ वटा कारण सार्वजनिक गरेका छन् ।सभापतिका दाबेदार निधिले सामाजिक सञ्जालमार्फत आफू सभापतिमा हुनुपर्ने २३ कारण सार्वजनिक गरेका हुन् ।

००००
गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै कुमार पन्त नेतृत्वको वर्तमान कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको हो । यससँगै एनआरएनएमा विवाद थप गहिरिएको छ । वर्तमान अध्यक्ष पन्तले सरकारविरुद्ध अदालत जाने बताएका छन् ।

००००
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन विशेष अभियान थाल्ने भएको छ । हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म अभियान सञ्चालन हुने आयोगले जनाएको छ ।

००००
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x