×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

नारायणी किनारमा ओली : प्रचण्ड–माधवमाथि निसाना, सौराहाबाट एकताबद्ध नेतृत्व चुन्ने वाचा

मंसिर १०, २०७८

NTC
Premier Steels

देशको प्रमुख पार्टी नेकपा एमालेको दशौं महाधिवेशन शुक्रवारदेखि चितवनमा शुरू भएको छ । नारायणी नदी किनारमा शुक्रवार दिउँसो आयोजित भव्य समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । ओलीले यति भव्य कार्यक्रम आजसम्म कुनै पार्टीले गर्न नसकेको दाबी गरे ।

Muktinath Bank

महाधिवेशन उद्घाटन गर्दै ओलीले अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने एकताबद्ध पार्टी बनाउने बताए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित समारोहमा ओलीले सरकारको भने धेरै आलोचना गरेनन् । बरू ओलीले नामै नलिई सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले देउवाको खुट्टा समाएको टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भने, ‘काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरू उहाँको खुट्टा समातिराखेका छन् ।’ 


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रचण्डप्रति ओलीको तिखो बोली, पूर्व लडाकुको मन जित्ने कोशिश

निमन्त्रणा गरिएपनि एमालेको महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएनन् । माओवादीको तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बोधनका क्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति अलिअलि छेडछाड गरे । आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले शान्ति प्रक्रियाको काम पूरा नगरेकोमा कटाक्ष गरे ।

‘शान्ति प्रक्रिया टुंगिएको छैन, प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुको व्यवस्थापन हुँदैन ? मनपरेका मान्छेलाई १० हजार बाँडेर समस्या समाधान हुन्छ ? प्रधानमन्त्री नभएपनि यो सरकार मेरो कठपुतली भन्नेले लडाकूको समस्या समाधान गरे हुन्थ्यो नि !’ 

ओलीले पूर्व लडाकु सम्झँदै थपे, ‘एमालेको महाधिवेशनपछि हजारौं पूर्वलडाकु एमालेमा प्रवेश गर्दैछन् । लडाकुको व्यवस्थापनका लागि एमाले तयार छ । तपाईंहरूले के का लागि बलिदानी दिनुभएको थियो, कसलाई मेयर र मन्त्री बनाउन रहेछ देख्नुभयो ?’ 

एकताबद्ध नेतृत्व निर्माण गर्न ओलीको जोड

ओलीले एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर निस्कने बताए । ‘कुनै पार्टीको महाधिवेशनको उद्घाटन शत्र यति भव्य कहिलै भएको थिएन, एकप्रकारले महाधिवेशन सफल भइसकेको छ । बन्दसत्र अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले सम्पन्न हुनेछ’ ओलीले भने, ‘अर्को ५ वर्ष देशलाई दिशानिर्देश गर्न एकताबद्ध नेतृत्व निर्माण गरेर हलबाट बाहिर आउने छ ।’ 

१२ गते महाधिवेशन सम्पन्न गरेर मंसिर १३ गते नेपाली जनतालाई सुखद् सन्देश दिने बताए ।

‘आपसमा अन्तरविरोधमा नअल्झिएर, राष्ट्र निर्माणको अभियानमा एकताबद्ध प्रयास आवश्यक छ भनेर त्यो उचाइबाट काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन गर्दछु,’ ओलीले भने । 

‘नेकपाको निरन्तरता’ भन्दै आएको एमालेले १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कोशिश गरेको छ । 

आकांक्षी बढी भएका अन्य पदमा सम्भव नभएपनि अध्यक्षमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । 

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई मनाउन ‘१० बुँदे सहमति गरेका १० भाइ’ले प्रयास गरिरहेका छन् ।

देउवा बोल्दै गर्दा हुटिङ !

परमादेशबाट बनेको सरकारका प्रधानमन्त्री भन्दै नेकपा एमालेले शेरबहादुर देउवालाई औपचारिक रूपमा मान्यता दिएको थिएन । 

नारायणी नदी किनारामा फूलमाला लगाएर एमालेले देउवालाई स्वागत गरेको छ । परमादेशको प्रधानमन्त्री भनिरहे पनि एक हिसाबले भन्दा ओलीले देउवालाई अनुमोदन गरेका छन् । एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका देउवाले ओलीसँगको जेल जीवनको प्रसंग कोट्टाए । 

तर देउवाले सम्बोधन शुरू गरेपछि एमाले कार्यकर्ताले होहल्ला गरेका थिए । कार्यकर्ताले होहल्ला गरेपछि अध्यक्ष ओलीले मञ्चबाट शान्त रहन इशारा गरेका थिए । 

ओलीको प्रशंसाले भरिएको डकुमेन्ट्री, कमल थापाको सही

महाधिवेशनमा कार्यकर्तालाई उत्साही बनाउन एउटा वृत्तचित्र प्रदर्शन गरिएको थियो, जहाँ अध्यक्ष ओलीको प्रशंसा गरिएको थियो । 

नाकाबन्दीको सामनादेखि चुच्चे नक्सासम्म बनाएको, रेल र पानीजहाज चलाउन बाँकी रहेकाले ओलीको नेतृत्व आवश्यक जिकिर वृत्तचित्रमा गरिएको थियो ।

उद्घाटन समारोहमा शुरूआति मन्तव्य राखेका कमल थापाले ओलीको प्रशंसा गरे । आफूसमेत सम्मिलित सरकारले नाकाबन्दीको सामना गरेको, चीनसँग पारवहन सन्धि गरेको तथा ओलीको दोस्रो कार्यकालमा भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा प्रकाशित गरेको कुरालाई लिएर थापाले ओलीको प्रशंसा गरे । 

ओलीले पनि मन्तव्यको शुरूआतमा चुच्चे नक्सामा प्रकाशित भूमि फिर्ताका लागि छिमेकीसँग कुरा गर्न बाँकी रहेको प्रसंग निकाले । ‘हामी सार्वभौम समानता चाहन्छौं । छिमेकीसँग कतिपय कुरा छलफलको माध्यमबाट टुंग्याउन जरुरी छ । लिम्पियाधुरा लगायतको भूमि फिर्ता लिएर वास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहन्छौं,’ ओलीले भने ।

छिचोल्न नसकिने भीड, झण्डै हराए चित्रबहादुर !

नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा देशभरबाट कार्यकर्ता र शुभेच्छुक चितवन आएका थिए । 

महाधिवेशनमा सहभागी हुन आएको मासका कारण चितवनको पुल्चोक क्षेत्र कुम्भ मेलाजस्तै भएको थियो ।

एमालेको महाधिवेशन शुभकामना मन्तव्य राख्न चितवन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मञ्चमा पुग्न ३ घण्टा लाग्यो । 

बिहान ११ बजे नारायणी किनारा पारि आइपुगेका नेता केसी भीडका कारण साढे २ बजे एमालेको मञ्चमा पुगेका थिए । 

मञ्चमा ढिलो गरी पुगेका केसीले महन्थ ठाकुर, उपेन्द्र यादव र माओवादी केन्द्रका प्रतिनिधिले बोलेपछि शुभकामना मन्तव्य राखेका थिए । ‘बिहान ११ बजे गैँडाकोट आएको थिएँ, जेनतेन यहाँ आउन सफल भएँ,’ सम्बोधनका क्रममा केसीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x