×

NIC ASIA

कांग्रेस महाधिवेशन

सभापतिको साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर पक्षको बैठक शुरू

मंसिर २२, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बसिरहेको छ ।

Muktinath Bank

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक बसिरहेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार नेता पौडेल र मंगलवार प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार पुनः बैठक बसेको हो । 


Advertisment
Nabil box
Kumari

हिजोको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धाबाट आफू पछि हट्ने संकेत गरेका थिए । 

Vianet communication

सभापतिका लागि मुख्य आकांक्षी डा. शेखर कोइराला र प्रकाशमान सिंहले दबी नछाडेपछि साझा उम्मेदवार तय गर्न बैठक बसेको हो । वरिष्ठ नेता पौडेलले बुधवार साँझसम्म आफूहरूले उम्मेदवार टुंग्याउने बताएका छन् । 

मंगलवारको बैठकमा नेता पौडेलले शेखर र प्रकाशमानबीच सहमति भए आफूले मान्ने बताएका थिए । बुधवारको बैठकमा सभापति बाहेक पदाधिकारीको प्यानल बनाउने विषयमा समेत छलफल हुँदैछ । 

संस्थापन इतरबाट सभापतिमा एकभन्दा बढी उम्मेदवार बनेपनि पदाधिकारी र केन्द्रीय समितिको लिष्ट भने साझा बनाउने सहमति भएको छ । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा शुरू हुँदैछ । नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते मनोनयन गर्ने कार्यक्रम छ । संस्थापन पक्षबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिको दाबेदार छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

सभापति देउवा पक्षको बैठक पनि बुधवार बिहान बस्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x