
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनबाट अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।
सोमवार सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धीलाई १ हजार १४६ मतान्तरले पराजित गर्दै सुनुवार निर्वाचित भएका छन् ।
सुनुवारले २ हजार १७१ मत ल्याउँदा प्रतिस्पर्धी टीका सुब्बा लेप्चाले १ हजार २३ मतमै सीमित भएका छन् ।