×

NIC ASIA

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

पुस ७, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

Muktinath Bank

प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।
 
प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रदेशका सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् ।


Advertisment
Nabil box
Kumari

कार्यदलले नेतृत्व छान्नका लागि सहमतिको अन्तिम प्रयास गरिरहेको कार्यदलका सदस्य हेमराज भण्डारीले बताए । कार्यदलले सहमति जुटाउन नसकेपछि १ नम्बर प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यको बैठक मंगलवार विराटनगरमा बसेको थियो । केन्द्रीय सदस्यको बैठकले पनि नेतृत्व छान्न सकेन । 

Vianet communication

अध्यक्षमा दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्री लगायत रहेका छन् । 

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विक लगायतले दाबी गरेका छन् । समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् । खुला उपाध्यक्षमा सुनसरीका भोला बस्नेतले दाबी गरेका छन् ।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीका आइन्द्र विक्रम बेघा, धनकुटाका ऋषिराम ढुंगाना, ओखलढुंगाका मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।

सहमति नभए दिउँसो २ बजेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्ने निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । सहमति नभए बुधवारै चुनाव गरेर बुधवारै मतपरिणाम निकाल्ने गरी काम भइहरको उनले बताए । 

माओवादी १ नम्बर प्रदेशको पहिलो सम्मेलन गत मंसिर २५ गतेदेखि शुरू भएको थियो ।

सम्मेलनको तयारीका लागि केन्द्रका नेताहरूले काठमाडौं जान हतार गरेकाले चुनावबाट भए पनि पदाधिकारी टुंग्याउने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले बताए । ती सदस्यका अनुसार केही नेताले महाधिवेशनपछि मात्रै नेतृत्व टुंग्याउनुपर्नेमा समेत जोड दिइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x