×

NIC ASIA

११ दिनमा १७.५ प्रतिशत बजेट खर्च गर्नुपर्ने !

पुस १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

अर्थ मन्त्री जनार्दन शर्माले पुस मसान्तसम्ममा ३० प्रतिशत बजेट गर्न सम्बन्धि विकासे मन्त्रालयलाई निर्देशन दिएको भएपनि चालू आर्थिक वर्षको १५ पुससम्ममा जम्मा ८.५३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

Muktinath Bank

यस्तो खर्च अनुसार आगामी ११ दिनमा सम्बन्धित मन्त्रालयहरूले १७.५ प्रतिशत  बजेट खर्च गर्नुपर्ने चुनौती छ । पुस मसान्तमा ३० प्रतिशत खर्च गर्नुपर्ने भएपनी चालू आवको साढे पाँच महिनामा भएको पुँजीगत खर्च निरासाजनक रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ समितिमा भएको चालू आवको बजेट खर्च सम्बन्धि बैठकमा सम्बन्धित विकासे मन्त्रालयले भने खर्च गर्न विभिन्न समस्या रहेको बताए ।


Advertisment
Nabil box
Kumari

कृषि सचिब डा गोविन्दप्रसाद शर्माले बजेट खर्च गर्न अर्थ मन्त्रीले दिएको पुस सम्मको ३० प्रतिशत खर्च गर्न गाह्रो हुने बताए । उनले यो बर्ष गत बर्ष जस्तै वार्षिक ६५ देखि ७० प्रतिशत खर्च हुनेमा आफू बिश्वास रहेको बताए । कृषि मन्त्रालयको यो वर्षको पुँजीगत बजेट ३ अर्ब ६८ करोड रुपैयाँ  छ ।

Vianet communication

यो मन्त्रालयको बजेट खर्च हुन नसक्नुको कारण कृषि मन्त्रालयको जनशक्ति ४५ प्रतिशतले कम भएको, पटकपटक छलफल गर्दा पनि जनशक्ति थप नभएको, दाताको सहयोगबाट चल्ने योजनालाई कम्तीमा ५/७ बर्से लाग्ने हुँदा चालू अवको बजेटमा अहिले नै अपेक्षा अनुसारको खर्च नभएको बताए ।

उनले सानो सानो कारणले पनि काम रोकिने र खर्च नहुने समस्या भएको पनि बताए । उनले दाताले दिएको पैसाबाट गर्ने काम लामो प्रक्रियामा हुने र छ त्यसैले पनि छिटो हुन नसकेको बताए ।

वार्षिक कार्यक्रम छिटो स्वीकृत गर्नुपर्ने र श्रोत सुनिश्चित नहुदै लाग्ने ठेक्कामा पनि अझै सुधार हुन नसक्दा बजेट खर्चमा समस्या रहेको उल्लेख गरे ।

यो बर्ष पनि मल अभाव हुने कृषि  तथा पशुपन्छी बिकास मन्त्री महेन्द्रराय यादवले पनि यो बर्ष पनि मलको अभाव हुने संकेत गरेका छन् ।

उनका अनुसार नेपाली ठेकेदारले चीनमा १ लाख ४० हजार टन ल्याउन ठेक्का पाएको भएपनि अझै नआएको बताए । मल आउन ढिला भएको र सरकारले आगामी बर्ष  अभाव हुन नदिन फेरि आर्को डेढलाख टनको लागि ठेक्का गर्न भने लागिरहेको  बताए ।

वार्षिक मल किन्नमा १५ अर्ब खर्च हुने गरेको छ । हाल १० हजार टन मात्रै मौज्दात रहेको र त्यो सकिँदा पनि नया आउने छाँट नभएको पनि उनले बताए । मन्त्रीका अनुसार अहिलेसम्म कुनै देशले पनि नेपाललाई मल दिन तयार नभएको पनि उनले बताए ।

नेपाललाई वार्षिक साढे ४ देखि ५ लाख मेट्रिक टन मल आवस्यक पर्ने छ । त्यसका लागि सरकारले वार्षिक अनुदान भने बढाउनुपर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x