×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

पुस २३, २०७८

NTC
Premier Steels

भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको  जोखिम थप बढेको छ । भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ ।  विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् । राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेका छैनन् ।

Muktinath Bank

 स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो तीन दिनमा २१५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सङ्क्रमित अधिकांश सीमा नाकाबाट प्रदेशमा भित्रिएका नागरिक छन् ।
 
   बुधवार एकै दिनमा पश्चिमी सिमानाका कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरीफन्टा र बैतडी सीमा नाकाबाट भित्रिने १०७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सीमा नाकामा एन्टिजेन पद्धतिबाट भित्रिने नागरिकको कोरोनाको नमूना परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण बढ्न थालेपछि भारतमा आफ्नो काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढ्दा पनि प्रदेशमा  जोखिम देखिएको हो ।
    नाकाबाट भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतना अपनाइए पनि भित्रिने कतिपय नागरिकबाट लापरबाही भइरहँदा यो रोगको जोखिम बढेको त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेव गणेश साउदले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक १० प्रतिशतका दरले सङ्क्रमित थपिने गरेको जनाइएको छ । यात्रुको खोजीमा सीमा पारी पुग्ने विद्युतीय रिक्साले यात्रुलाई सरसामानसहित हेल्थ डेक्सका कर्मचारी र सीमामा खटिएका प्रहरीलाई छलेर भित्र्याउँदा पनि जोखिम देखिएको छ ।  ‘ओमिक्रोन’ को आशङ्कामा दुई जनाको नमूना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँ पठाइएको साउदले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा देखिएकाले भारतबाट आउनेको नमूना परीक्षण गराउने र खोप लगाउने काममा प्राथमिकता दिइएको जानकारी दिए । हालसम्म प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन् ।  
       भारतसँगको खुला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको स्वास्थ्यकर्मीले बताएका छन् । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x