बैशाख २८, २०७९
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
विराटनगर | माघ ५, २०७८
कोरोना भाइरस संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।
कोरोनाको पहिलो लहरको जोखिम भत्ता पाए पनि दोस्रो लहरको जोखिम भत्ता नपाएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिलिप यादवले भने, ‘कोरोनाका लागि महानगरमा १०० भन्दा बढी स्वास्थ्यकर्मी खट्यौँ तर हामीले सरकारले तोकेको भत्ता पाएनौं ।’ भत्ता नपाए पनि काम नरोकेको उनले बताए ।
१ नम्बर प्रदेशको जोखिम क्षेत्र मानिएको रानी नाकामा खटिएका स्वास्थयकर्मीले पनि जोखिम भत्ता पाएका छैनन् । जोखिम भत्ता त परै जाओस्, खाजा खर्च समेत नपाएको रानी हेल्थ डेस्कमा खटिएका डा. सुरेन्द्र यादवले बताए ।
पहिलो लहरदेखि नै रानी नाकामा कोरोनाको परीक्षण हुँदै आएको छ तर हालसम्म कुनै भत्ता पाएका छैनन् ।
भत्ता नपाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र १ नम्बर प्रदेशका मुख्यमन्त्रीसँग पनि स्वास्थ्यकर्मीले भत्ता उपलब्ध गरिदिन माग गरिरहेका छन् । केही दिनअघि मुख्यमन्त्री कार्यालयमा भएको कोराना रोकथाम तथा नियन्त्रण विषयक छलफल कार्यक्रममा सहभागी भएका स्वास्थ्यमन्त्री विरोध खतिवडालाई जोखिम भत्ता उपलब्ध गराइदिन विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका संयोजक रमेश कार्कीले आग्रह गरे ।
होल्डिङ सेन्टरको अनुगमनमा पुगेका १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई पनि कार्कीले जोखिम भत्ता नदिँदा स्वास्थ्यकर्मीलाई परिचालन गर्न समस्या भएको भन्दै जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगरिदिन आग्रह गरे ।
संयोजक कार्कीले राखेको मागलाई बेवास्ता गर्दै १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आन्तरिक कुरा बाहिर नगर्न निर्देशन दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले संघीय सरकारले बजेट नपठाइदिएका कारणले जोखिम भत्ता दिन नपाएको गुनासो गरेका छन् । संघीय सरकारलाई पटक–पटक पत्र लेखेर जोखिम भत्ता मागे पनि नपठाएको उनले बताए । आइसोलेसन व्यवस्थापनको पैसा समेत संघीय सरकारले नपठाइदिएको उनले बताए ।
केही पालिकाले आफ्नै बजेटबाट कोरोनाकालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएका छन् । गत असारसम्मको जोखिम भत्ता दिइसकेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । कार्यपालिकाबाट निर्णय गरेर जोखिम भत्ता दिएको उनले बताए ।
संघीय सरकारले संघमा खट्नेहरूलाई मात्रै दिने भनेपछि काम गराउन समस्या हुने भएकाले नगरपालिकाले आन्तरिक बजेटबाट नै नगरपालिकाले जोखिम भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माले बताए ।
कोरोना नियन्त्रणका लागि बजेट अभाव भएको स्थानीय तहको गुनासो आएपछि महानगरपालिकालाई ५० लाख, पालिकाहरूलाई २५ लाख र रेडक्रसलाई १० लाख रुपैयाँ उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले बताए ।
धेरै पालिका तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । धेरै पालिकाले कोरोनामा खट्ने स्वास्थ्यकर्मीको विवरण समयमा नपठाएका कारणले समेत समस्या आएको हुनसक्ने उनले बताए । कति स्वास्थ्यकर्मी कोरोना रोकथाममा खटिएका हुन् भन्ने तथ्यांक प्रदेश सरकारसँग छैन ।
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले जोखिम भत्ताबारे छलफल भइरहेको र चाँडै बजेट निकासा हुने बताइन् । उनले जोखिम मोलेर काम गरेको हुँदा भत्ता पाइने बताइन् ।
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...
नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्...
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्र...
मौसम परिवर्तनको संघारमा रुघाखोकीको प्रकोप बढ्न गर्दछ । कतिपयले रुघाखोकी बढ्नेबित्तिकै अस्पताल धाउने र अनेक खालका ओषधी प्रयोग गर्ने गरेका छन् तर रुघाखोकी ‘सामान्य र नियमित प्राकृतिक परिवर्तन’ भएका...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...