जेठ ७, २०७९
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ८० हजार १५४ मत गणना सम्पन्न हुँदा आचार्यले ४२ हजार ४८० मत पाएका छन् । यसैगरी नेकपा एमालेका कृष्ण थापाले २९ हज...
एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई
मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा ।
काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका– ६ का नेत्रबहादुर जर्गा मगर र ओखलढुंगाको चिचाङगढी गाउँपालिका– १ हेमबहादुर अधिकारी त्यस्तै भाग्यमानी प्रहरी हुन् ।
प्रहरी प्रधान कार्यालयको विषेश पहलमा सरकारले प्रहरी नियामवली– २०७१ को नवौं संशोधन गरेपछि उनीहरू १ दिनले प्रहरी सहायक निरीक्षक (असई)बाट प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा भएर सेवानिवृत्त हुन लागेका हुन् ।
यसअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा तल १२ वर्ष सेवा गरेपछि मात्र माथिल्लो तहमा बढुवा भएर सेवानिवृत्त हुने व्यवस्था थियो । नवौं संशोधनले त्यसलाई ८ वर्षमा झारेपछि उनीहरूको भाग्य खुलेको हो ।
यदि सरकारले पुस ४ गते राजपत्रमा नियमावली संशोधन प्रकाशित नगरेको भए आज पुस ५ गते उनीहरू असईबाटै सेवानिवृत्त हुने थिए ।
काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका– ६ मा जन्मेका नेत्रबहादुर जर्गा मगरलाई त्यो बेला प्रहरीमा जागिर खान हुटहुटी थियो ।
९ कक्षा पढ्दै गरेका उनलाई प्रहरीमा कसरी जागिर खान पाइन्छ भन्ने थाहा थिएन, तर साथीभाइले भनेपछि २०४८ सालमा कार्यालय सहयोगीमा भिड्न काठामाडौं आए ।
०४८ मा माघ ५ गते कार्यालय सहयोगीमा नाम निकालेर भर्ना भए ।
एसएलसी पास गरेपछि २० महिनापछि प्रहरी जवानमा नाम निकाले । उनको पोस्टिङ दोलखाको जिरीमा भयो । त्यो बेला द्वन्द्व थियो । त्यही बीचमा उनको सरुवा प्रहरी एकेडेमीमा भयो ।
उनले एकेडेमीमा आएपछि सवारी चालकको तालिम लिएर त्यसयता प्रहरीको गाडी चलाउँदै आएका थिए ।
उनी २०६१ असार महिनामा प्रहरी हवल्दारमा बढुवा भएका थिए भने २०६७ चैत २१ गते प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका थिए ।
असईमा बढुवा भएपछि उनलाई त्योभन्दा माथि जान्छु भन्ने कल्पना समेत थिएन ।
‘असई भएपछि सई हुन्छु भन्ने त मैले कल्पना गरेको पनि थिइनँ, किनकी १२ वर्ष नभएसम्म बढुवा हुँदैनथ्यो, मेरो १० वर्ष ९ महिना १३ दिन मात्र हुने थियो,’ नेत्रबहादुरले लोकान्तरसँग भने, ‘८ वर्षमा झारेपछि म बढुवा हुन पाएँ ।’
अहिले उनको खुशीको सीमा छैन ।
वर्तमान प्रहरी महानिरीक्षक र प्रहरी संगठनले तल्ला तहका कर्मचारीप्रति गरेको मायाको आशीर्वाद नै लाग्ने उनको भनाइ छ ।
‘सरहरूलाई हामी जस्ताको आशीर्वाद लागोस् । उहाँहरूले गर्दा हामी जस्ता तल्लो तहका कर्मचारी खुशी छौं,’ मगरले हँसिलो मुद्रामा लोकान्तरसँग भने ।
संगठनमा १९ वर्ष सवारी चलाएको पुरस्कार संगठनले दिएको उनले बताए ।
‘आज ४ बजेसम्म मेरो ड्युटी हो, त्यसपछि बिदा भएर घर जाँदैछु । अब घरमा पनि सई भएर आएँ भन्दा अर्कै शान हुन्छ,’ उनले भने ।
यो व्यवस्थाको लाभ पाउने अर्का भाग्यमानी हुन्, इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) हेमबहादुर अधिकारी ।
ओखलढुंगाका अधिकारी २०४८ साल माघ ८ गते प्रहरी जवानमा भर्ना भएका थिए ।
उनी २०६० असोज १० गते प्रहरी हवल्दारमा बढुवा भएका थिए भने ०६९ पुस १६ गते असईमा बढुवा भएका थिए ।
यदि यो व्यवस्था नआएको भए उनी असईबाटै बिदा हुने थिए । तर, सौभाग्य! एक दिनले बढुवा भएर अवकाश पाउँदैछन् ।
प्रहरी प्रधान कार्यालयले तल्लो तहका कर्मचारीहरूको गुनासो सम्बोधन गर्न आईजीपी शैलेश थापा क्षेत्रीको विषेश पहलका नियमावली संशोधन गराएको हो ।
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ८० हजार १५४ मत गणना सम्पन्न हुँदा आचार्यले ४२ हजार ४८० मत पाएका छन् । यसैगरी नेकपा एमालेका कृष्ण थापाले २९ हज...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...
महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...
विरगन्ज महानगरपालिकामा जारी मतगणनामा मेयर पदमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन् । सिंहले २६ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सराव...
तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ९० हजार २९२ मत गन्दा शाहले ३३ हजार २६० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...