×

Dabur
Nic Asia
Marvel

ललितपुरमा १५ हजारले लगाए कोरोनाको बुस्टर डोज

काठमाडाैं | माघ ६, २०७८

TVS INSIDE

ललितपुरमा १५ हजारले कोरोनाको तेस्रो खोप ( बुस्टर डोज) लगाएका छन् । जिल्लामा रहेका ६ स्थानीय तहमा मंगलबार र बुधबार विभिन्न क्षेत्रका फ्रण्टलाइनरलाइ कोरोना विरुद्ध बुस्टर डोज लगाइएको थियो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा शतिस बिस्टले दिएको जानकारी अनुसार मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महाँकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् ।
ललितपुरमा रहेका महालक्ष्मी र गोदावरी नगरपालिकाको विवरण भने अझै आइपुगेको छैन ।

morang Auto yamaha

ललितपुरको पाटन अस्पताल, अल्का, सुमेरु, मेडिसिटी, सर्वाङ, बिएण्ड बि, स्टार, बज्रबाराही स्वास्थ्य केन्द्र, आनन्दबन अस्पताल, लेले प्राथमिक केन्द्र, इमाडोल स्वास्थ्य चौकी, गोटिखेल स्वास्थ्य चौकी, भट्टेडाडा प्युटार, आश्राङ स्वास्थ्य चौकीमा फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, यातायात मजदुर, पत्रकार/ सञ्चारकर्मी, बैंकका कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी लगायतलाई कोरोनाको तेस्रो खोप दिइएको थियो ।
ललितपुर स्वास्थ्य प्रमुख बिष्टले कोभिसिल्ड र भेरोसिल्ड गरेर १५ हजारले खोप लगाएको बताए ।
खोप अभियान भोलि बिहीबार पनि जारी रहनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसैबीच कोरोनाको जोखिम निरन्तर बढ्दै गएको र खोप लगाउने मानिस छुटेको भन्दै स्वास्थ्य कार्यालय ललितपुरले शुक्रबार र आइतबार पनि खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ललितपुरमा ३० हजारका लागि बुस्टर डोज वितरण गर्ने लक्ष्य रहेको बिष्टले जानकारी दिए ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि...

असार १३, २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि १५ शय्याको अस्पत...

असार १३, २०७९

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

असार १३, २०७९

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...

असार १३, २०७९

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै...

असार १२, २०७९

आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्तो संकेत आउँछ भन्ने छैन तैपनि शरीरले कुनै न...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x