×

NIC ASIA

कच्चा दूधको मूल्य बढ्यो, अब किसानले प्रतिलिटर ५६ रुपैयाँ पाउने

माघ १७, २०७८

Prabhu Bank
NTC
Premier Steels

सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।

यस अघि किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो । पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण भएकोले किसानले पाउने दूधको मूल्यमा करिब ६ रुपैयाँ ८८ पैसाले बृद्धि भएको एक वरिष्ठ पशु विज्ञले लोकान्तरलाई बताएका छन । उनका अनुसार बढेको मूल्य अनुसार अब प्रशोधित दूधको मूल्य कति हुने भन्ने विषयमा भने दूग्ध विकास संस्थान (डीडीसी)सँगको समन्वयमा निर्धारण हुने उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कच्चा दूधको मूल्य तय भएपछि अब किसानबाट संकलन हुनेदेखि प्रशोधन भएर बजारमा जानेसम्मको लागत मूल्य तय गर्नुपर्ने हुन्छ । दुवानीसहित प्रशोधनको लागत पनि हिसाव गरेपछि उपभोक्ताले पाउने नयाँ मूल्य पनि निर्धारण हुने भएको छ । मूल्य बढ्दा उपभोक्तको हितमा असर नपर्ने गरी अब बजारमा दूधको मूल्य बढ्न पनि सक्ने ती पशु विज्ञको तर्क छ ।


Advertisment
Rupse Holidays
Nabil box

राष्ट्रिय दूग्ध विकास नीति २०७८ को बुँदा ८ अनुसार कच्चा दूधको मूल्य निर्धारण गरेको हो । यसले अब हरेक दुई दुई वर्षमा दूधको मूल्य अद्यावधिक गरिने बाटो पनि खुलेको छ । यस अघि साढे दुई वर्ष पहिले दूधको मूल्य बढेको थियो ।

Vianet communication

दूधको कच्चा मूल्य निर्धारणपछि अब नेपाल पनि छिमेकी देश सरहको मापदण्डमा मूल्य निर्धारणको मापदण्डमा पुगेको पनि उल्लेख छ । यसमा किसानले उत्पादन गर्ने न्यूनतम गुणस्तर र मूल्य निर्धारण गर्न सकिएको पनि उल्लेख छ । सरकारको निर्णयपछि कृषि तथा पशुपन्धी विकास मन्त्रालयले अब डीडीसीबाट दूधको नयाँ मूल्यको प्रस्ताव माग गर्ने छ । डीडीसीको बोर्ड बैठकले दिएको प्रस्तावलाई मन्त्रालयले दिने सहमति पनि अब नयाँ मूल्य निर्धारण हुने पनि उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x