×

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

माघ २६, २०७८

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।


Advertisment

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए । 


Advertisment

खोप लगाउन छुटेका १२ वर्षमाथिका विद्यार्थीको हकमा अविलम्ब खोप लगाउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्बन्धित विद्यालयलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

कैलालीमा कोभिड विरुद्धको पूर्ण खोप अभियानको पुस मसान्तसम्मको लक्ष्य ६६ प्रतिशत रहेकोमा शतप्रतिशत लक्ष्य हासिल भएको जिल्ला प्रशासन कार्यालयले जनाएका छ । जसलाई मध्यनजर गरी सबै क्षेत्रमा खुकुलो पार्दै जाने बताइएको छ ।

विभिन्न प्रकारका गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्नुपर्ने बताइएको छ । भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा तोकिए अनुसारको जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा ५० जना (कोभिड विरुद्धको खोप लगाएका) मात्र सहभागी रहने गरी सञ्चालन गर्नुपर्ने निर्णय भएको सूचना अधिकारी जोशीले जनाएका छन् ।

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x