×

एमसीसीबारे सत्तारूढ गठबन्धन दुई जिब्रे हुनु भएन: ईश्वर पोखरेल

फागुन ३, २०७८

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए।

“गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेका छन्”, वरिष्ठ नेता पोखरेलले भने, “त्यसैले सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा बनाएर एमसीसी संसद्मा ल्याएपछि हामीले हाम्रो पोजिसन दिन्छौँ ।”


Advertisment

“गठबन्धनका कतिपय नेताहरु एमसीसी ठीक छैन भन्ने एकातिर कार्यकर्तालाई उचाल्ने अर्काेतिर एमसीसी ठीक छ भनेर सुटुक्क अमेरिकालाई लेख्छन्”, वरिष्ठ नेता पोखरेलले भने, “यसरी दुई जिब्रोे हुनु भएन, जे छ त्यो प्रष्ट धारणा ल्याउनुपर्छ ।” एमसीसीका बारेमा धेरै कुरा टिप्पणी गर्नु, विवाद गर्नु ठीक नभएको उनको कथन थियो ।


Advertisment

एमसीसीलाई विवादित बनाउने काम गलत भएको भन्दै उनले एमसीसीबारे जनतामा अनावश्यक भ्रम छर्ने काम भइरहेकाले सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश र जनतालाई खुसी बनाएर मुलुकलाई समृद्ध बनाउने एमालेको एजेण्डा देखेर अत्तालिएका दल एमालेविरुद्ध गठबन्धन गरेको आरोप लगाए ।

जनकपुरधाममा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता पोखरेल, उपमहासचिव ज्ञवाली, पार्टीका पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, मधेश प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ता गरी १८० जना प्रतिनिधिको सहभागिता रहेको उनले बताए ।

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x