२५ जेठ २०८३, सोमबार

किन पछि हटे दाहाल र नेपाल ?

फागुन ५, २०७८
किन पछि हटे दाहाल र नेपाल ?

प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार छलफल भएको थियो।

देउवाले एमसीसी संसद्मा पेस हुने र सहयोग गर्न आग्रह गर्दा दाहाल र नेपाल सकारात्मक देखिएका थिए।

तर, माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि हालतमा एमसीसी पेस गर्न नहुने बरु सत्ता छोड्ने निर्णय गयो।

दलको बैठकपछि दाहाल देउवा भेट्न बालुवाटार गएका थिए। उनले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भन्ने निर्णय जानकारी देउवालाई गराएका थिए।

त्यसपछि देउवाले एमसीसी बुधबार टेबल नगर्ने र बिहीबार सत्ता गठबन्धनबीच थप छलफल गरी मात्र निचोडमा पुग्ने बताएका थिए।

सत्ता गठबन्धनमा बिहीबार थप छलफल हुने माओवादी प्रमुख सचेतक देव गुरुङ बताउँछन् ।

'एमसीसीका असमान र राष्ट्रिय हीतविपरितका बुँदा संशोधन नगरी अगाडि बढाउन र पारित गर्न माओवादी कुनै हालतमा सहमतिमा आउनै सक्दैन', नेता गुरुङ भन्छन्, 'जबर्जस्ती लिएर आए माओवादीले त्यसको विपक्षमा मतदान गर्ने हो। पार्टीका सबै साथीहरूको धारणा यही हो।'

एमसीसीमा राष्ट्रिय सहमति जुटाउनु उपयुक्त हुने गुरुङको भनाइ छ। भन्छन्, गठबन्धनमा सहमति जुट्यो भने अगाडि बढाउँला। हैन भने हामी सरकारबाट पछि हट्छौं। गठबन्धनका पाँचवटै दलबीच सहमति नभई एमसीसी अघि लगियो भने गठबन्धन टुट्छ। गठबन्धन तोडिनु भनेको सरकारबाट माओवादीलगायत अन्य गठबन्धन दलहरू छुटिनु हो।' अन्नपूर्ण पोस्टमा राधा खनाल र तारा चापागाईंले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्