×

NMB BANK
NIC ASIA

एमसीसीले माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि, को–को छन् विरोधमा ?

फागुन १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

Muktinath Bank

एमसीसी व्याख्यात्मक घोषणासँगै संसदबाट पारित गर्न ५ दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मा लगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए ।

Vianet communication
Laxmi Bank

अध्यक्ष प्रचण्डले ५ दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए ।

‘एमसीसी सम्झौता व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्न सकिँदैन । एमसीसी सम्झौतामा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्नु पार्टी, देश र जनताको हितमा छैन,’ पार्टी बैठकमा पोखरेलले भने ।

माओवादी केन्द्र शुरूदेखि नै एमसीसी सम्झौताको विपक्षमा उभिँदै आएको थियो । एमसीसी सम्झौताका केही सर्त संशोधन नगरी यथास्थितिमै स्वीकार नगर्ने पक्षमा उभिएको माओवादी व्याख्यात्मक घोषणा गरेर स्वीरकार गर्ने निष्कर्षमा पुगेको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले आफूले व्याख्यात्मक घोषणा गरी एमसीसी संसद्बाट पारित गर्दा एमसीसी सचिवालयले त्यसलाई ग्रहण गर्नुपर्ने बताए । व्याख्यात्मक घोषणामा समेटिएका विषय स्वीकार नगरिए सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ थियो ।

एकीकृत समाजवादी पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न लागिएकाले नेपालको कानूनमाथि हुने बताए तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मेटमणि चौधरी लगायतका नेताले व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्नु आपत्तिको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

व्याख्यात्मक घोषणापश्चात् एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र असन्तुष्ट नेतालाई मनाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको थियो ।

नेता खनालले एमसीसी संसद्बाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका थिए । ‘चीन राइज गर्दै छ । चीन राइज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय) लाई कसरी रोक्ने भन्ने चिन्ता छ ?

अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे । एमसीसीलाई यथास्थितिमै संसद्बाट पारित गर्नु नेपाल, नेपाली जनताको हितमा नभएको उनले बताए । एमसीसीमा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणासँगै पारित गर्नु आपत्तिको विषय भएको उनले बताए ।

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले एमसीसी सम्झौता आर्थिक सहयोग मात्रै नभएर सैन्य रणनीति पनि जोडिएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएका थिए । अमेरिकी आधिकारीले नै एमसीसी सैन्य रणनीति अन्तर्गगत भनेकाले एमसीसी के हो भन्ने घामजत्तिकै छर्लंग भएको टिप्पणी चौधरीको थियो । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x