×

NMB BANK
NIC ASIA

तरलता संकटका बीच सातामै ११ अर्ब थपियो निक्षेप, सुध्रिन खोजेका हुन् अर्थतन्त्रका सूचक ?

फागुन २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले पछिल्लो एक सातामा २२ अर्ब रुपैयाँ खर्च गरेका कारण बैंकहरूमा निक्षेप केही बढेको छ । यद्यपि बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) भने अझै सहज हुन सकेको छैन ।

Muktinath Bank

आयात दैनिकरूपमा बढिरहेको, केन्द्रीय बैंकसँग विदेशी मुद्राको सञ्चिति घटिरहेको र डलरको मूल्य बढ्दा नेपाली रूपैयाँ कमजोर भइरहेका कारण पनि तरलता सहज हुन नसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अुनसार चालू आवको ६ महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ९८ करोड डलर मात्रै रहेको छ, यसले साढे ६ महिनाको मात्रै वस्तु तथा सेवा आयात धान्न सक्छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा चालू आवको ७ महिनामा साढे ११ खर्ब रुपैयाँको आयात हुँदा रेमिट्यान्स आय भने जम्मा पौने ५ खर्बमै सिमित रहेको छ । 

Vianet communication
Laxmi Bank

पछिल्लो समय डलरको भाउ बढेर एक डलर किन्नमै १२३.४४ रुपैयाँ खर्चनुपर्ने भएको छ । डलरको भाउ बढेसँगै नेपालले आयातमा बढी पैसा खर्चनु परिरहेको छ ।

तेल खरिदमा परिणाम नबढे पनि खर्च बढी भइरहेको छ । नेपालबाट विभिन्न प्रयोजनमा बाहिरिने रकम डलरमा हुन्छ ।

वाणिज्य बैंकहरूमा फागुन तेस्रो सातासम्ममा आइपुग्दा माघको तुलनामा १३ अर्ब रुपैयाँले निक्षेप बढेको देखिएपनि तरलता भने भने सहज भइसकेको छैन ।

बैंकहरूमा १३–२० फागुनसम्ममा मात्रै ११ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यो अवधिमा बैंकहरूले कर्जा लगानी जम्मा ५ अर्ब रुपैयाँले मात्रै बढेको देखिएको छ ।

पछिल्लो साता कर्जा लगानी कम र निक्षेप संकलन बढी भएपनि बैंकिङ प्रणालीमा तरलता सहज भने अझै हुन सकेको देखिँदैन ।

पछिल्लो एक सातामा सरकारको खर्च २२ अर्ब रूपैयाँले बढेका कारण बैंकिङ प्रणालीमा निक्षेप संकलन केही बढेको देखिएको मात्रै हो ।

तर, यथार्थमा एक साताको निक्षेपले नै तरलता सहज भने नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टले बताए । 

भट्टले लोकान्तरसँगको कुराकानीमा भने, ‘बैंकहरूमा पछिल्लो एक सातामा निक्षेप बढेको देखिएपनि बैंकहरूले राष्ट्र बैंकबाट एक साताका लागि पाउने स्थायी तरलता सुविधा (एसएलएफ) लिन छोडेका छैनन् ।’

उनका अनुसार दैनिक ४५/५० अर्ब रुपैयाँको एसएलएफ गइरहेको छ । आइतबार मात्रै बैंकहरूले ४९ अर्ब रुपैयाँ एसएलएफ चलाएका छन् । 

कर्जा निक्षेप अनुपात घट्ने, निक्षेप बढ्ने, कर्जा लगानी घट्ने, अन्तर बैंक दर कम हुँदै जाने, रेमिट्यान्स बढ्ने र सरकारी खर्च पनि बढ्दै गयो भने मात्रै तरलता सहज हुन्छ । 

अहिले तरलता सहज हुने गरी सबै सूचक सकारात्मक नभएकाले अहिले अझै तरलता सहज हुन यति नै समय लाग्छ भन्ने यकिन गर्न नसकिने राष्ट्र बैंकको भनाइ छ ।

भट्टका अनुसार अहिले पनि बैंकहरूमा तरलता सहज नभएकै कारण कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा बढी छ भने अन्तर बैंक ब्याजदर पनि ६.९८ प्रतिशत पुगेको छ । यसले गर्दा बैंकहरूमा तरलता सहज नभएको स्पष्ट देखिन्छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको ६ फागुनको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ४८ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तो रकमबाट बैंक तथा वित्तीय संस्थाहरूले ४६ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म वाणिज्य बैंकहरूले मात्रै ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूमा गत शुक्रबारको तुलनामा आइतबार निक्षेप संकलन २ अर्बले बढेको भएपनि उक्त अवधिमा कर्जा प्रवाह भने स्थिर रहेको छ । 

अधिकांश ठूला बैंकको सीडी रेसियो तोकिएको ९० प्रतिशतभन्दा बढी भएका कारण कर्जा लगानी कम भइरहेको हुनसक्ने अनुमान छ । यो समयमा विकास बैंकसहितको अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप पनि स्थिर भएको छ ।

शुक्रबारसम्ममा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब ६६ अर्ब निक्षेप थियो । उक्त निक्षेप आइतबार पनि सोही अंकमा सिमित भएको छ । यो निक्षेपबाट भएको कर्जा लगानी पनि शुक्रबारको तुलनामा आइतबारसम्ममा पनि ५ खर्ब २७ अर्ब रुपैयाँमै स्थिर नै रहेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकहरूको सीडी रेसियो ९०.२८ र अन्तर बैंकदर ६.९८ प्रतिशत पुगेको छ । 

राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत बैंकहरूको ८५ प्रतिशतसम्मको पूँजी निक्षेप कर्जा अनुपात (सीसीडी) खारेज गरेर सीडी रेसियोमा गणना गर्ने व्यवस्था गरेको हो । यो व्यवस्थाको कार्यान्वयन भने आगामी असार मसान्तदेखि मात्रै हुनेछ ।

असारदेखि बैंकहरूले ९० प्रतिशत भित्रै सीडी रेसियो बनाउनुपर्ने भएकाले अहिलेदेखि नै मासिक योजना पेश गरेर कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

बैंकहरूले ५ प्रतिशतसम्मको ब्याजदरमा लिन पाउने अन्तर बैंक दरलाई भने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ७ प्रतिशतसम्म पुर्‍याएको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई दिने एक साताको सुविधा एसएसएफको ब्याजदर पनि ७ प्रतिशत नै बनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x