चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २७, २०७८
भारतका पाँच राज्यमा भएका विधानसभा निर्वाचनको मतपरिणाम हेर्दा जनताले विकास र सुशासनको पक्षमा मत दिएको स्पष्ट हुन्छ ।
चारवटा राज्यमा सत्तारूढ भारतीय जनता पार्टीले पुनः सरकार चलाउने मतादेश पाएको छ भने पञ्जाबमा आम आदमी पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेको छ । पुरानो विरासत बोकेको कांग्रेस पार्टी र क्षेत्रीय दलहरूले जनताको विश्वास जित्न नसकेको देखिन्छ ।
शुरूमा उत्तर प्रदेशको कुरा गरौं । भारतको सबभन्दा ठूलो राज्य तथा लोकसभामा सर्वाधिक बढी ८० सीट भएको उत्तर प्रदेशमा विधानसभा निर्वाचनले राष्ट्रिय राजनीतिको तस्वीर बदल्ने शक्ति राख्दछ ।
त्यहाँ विगत चार दशकमा कुनै पनि मुख्यमन्त्रीले लगातार दुईपटक कार्यकाल चलाएको इतिहास छैन । तर योगी आदित्यनाथले कीर्तिमान कायम गरेका छन् । योगीको नेतृत्वमा भारतीय जनता पार्टीले ४०३ सीटमध्ये २५५ मा जीत हासिल गरेको छ ।
योगीको यस जीतमा उनले गरेका विकास, सुशासन, गरीब कल्याण लगायतका पहल जिम्मेवार छन् । आफूअघिको सरकारले गरेका कुकार्यलाई योगीले दोहोर्याएनन् ।
उत्तर प्रदेशमा समाजवादी पार्टीले कुशासन चलाएको र गुण्डा तथा भूमाफियालाई प्रोत्साहन गरेको भन्दै जनतामा चरम असन्तुष्टिको स्थिति थियो । अनि सपाले यादव समुदायलाई मात्र प्राथमिकता दिएको भनी उत्तर प्रदेशका जनता रिसाइरहेका थिए ।
योगीले आफ्नो पाँच वर्षे कार्यकालमा सुशासन कायम राख्न निकै जोड दिए । विभिन्न जिल्लामा आतंक मच्चाउने र जनतासँग पैसा असुल्ने गुण्डाहरूलाई उनले तह लगाए । चेलीबेटी घरबाट निस्कनै नसक्ने अनि व्यापारीहरू सधैं त्रासको स्थितिमा रहने गरेकोमा योगीले प्रदेशलाई त्यसबाट मुक्त गराए ।
योगी आदित्यनाथले विकास निर्माणमा अत्यधिक जोड दिएकाले पनि जनताले उनलाई पत्याएका हुन् । अनेकौं द्रुतमार्गहरू समयमै निर्माण सम्पन्न गर्न योगी सरकार सफल भएको छ ।
उत्तर प्रदेशमा नयाँ नयाँ विमानस्थलहरू खुलेका छन् । त्यस्तै विद्युतीय सामग्रीहरूको निर्माणलाई प्रोत्साहित गर्न विभिन्न क्लस्टर खोलिएको छ । रक्षा उद्योग कोरिडोरको निर्माण भएको छ । लाखौं मानिसले रोजगारी पाएका छन् । यी सबै उपलब्धिको हिसाब जनताले गरेर राखेकाले विधानसभा निर्वाचनमा भाजपालाई भोट दिएको भन्न सकिन्छ ।
विकासका साथै ध्रुवीकरणको राजनीतिलाई पनि भाजपाले चर्काएकाले सफलता पाएको हो । हिन्दू–मुसलमान, जिन्ना–गन्नाको कुरा उठाएर बहुमत हिन्दूहरूको मत सोहोर्न भाजपा सफल भएको हो ।
योगीको आफ्नै पहलका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले जनतामाझ बनाएको सकारात्मक छविले पनि भाजपालाई चुनाव जित्न सहयोग गरेको हो । मोदीले गरीबहरूलाई प्रत्यक्ष लाभ दिने योजना (डिरेक्ट बेनिफिट ट्रान्सफर) को सफल कार्यान्वयन गराएकाले ठूलो संख्याका मतदाताहरू उनीप्रति नतमस्तक छन् र उनैलाई भोट दिन्छन् । काम गरेर पनि देखाएको अनि आफ्ना दमदार भाषणहरूमार्फत पनि जनतालाई मन्त्रमुग्ध बनाएकाले मोदी (र योगी)को पक्षमा जनताको मत खसेको हो ।
पञ्जाबको कुरा गर्दा, आम आदमी पार्टी (आप) ले धेरैको अपेक्षाविपरीत प्रचण्ड बहुमत ल्यायो । कुल ११७ सीटमा आप एक्लैले ९२ सीट जितेको छ । बहालवाला कांग्रेस सरकारले पाँच वर्षको कार्यकालमा पञ्जाबी जनताले अनुभव गर्ने कुनै पनि काम गर्न नसकेकाले दिल्लीमा काम गरेर देखाएको आपलाई पत्याएका हुन् भन्न मिल्छ ।
पञ्जाबका मतदाता सार्थक काम गर्न नसक्ने सरकारप्रति सधैं कठोर देखिन्छन् । यसपालि पनि उनीहरूले बेकामे कांग्रेस सरकार र त्यसअघिको अकाली दललाई नकारेका छन् । काम गर्ने प्रतिज्ञाका साथ चुनावमा होमिएको आपलाई प्रचण्ड बहुमत दिएर उनीहरू विना बाधाव्यवधान काम गर्न मतादेश दिएका छन् ।
दिल्लीमा पाएको सफलतालाई उदाहरणका रूपमा पेश गर्न आपलाई सहज पनि भयो । दिल्लीमा रोजगारी सिर्जना गरेको, भ्रष्टाचार न्यूनीकरण गरेको, निःशुल्क विद्युत् तथा पानी उपलब्ध गराएको, स्वास्थ्य तथा शिक्षामा उल्लेख्य लगानी गरेको आपलाई आफ्नो एजेन्डा जनतालाई बुझाउन सजिलो भएको थियो ।
चुनाव प्रचारका क्रममा आपले गुणस्तरीय सरकारी विद्यालय र सुविधासम्पन्न अस्पताल निर्माण गराउने वाचा गरेको थियो । महिलाहरूलाई प्रत्येक महिना एक हजार भारु दिने समेत उसले वाचा गरेको थियो । ४०० युनिट निःशुल्क बिजुली समेत दिने भनेको थियो । दिल्लीमा त्यो सबै काम गरिसकेकाले उसको कुरा पञ्जाबी जनतालाई पत्याउन सजिलो पनि भयो ।
भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नु पनि आपको चतुर रणनीति साबित भयो । पञ्जाबमा सिख समुदायबाहेक अन्य कोही पनि मुख्यमन्त्री बनेको इतिहास छैन । त्यहाँ आपका संयोजक अरविन्द केजरीवालले चुनाव प्रचार गरेको भरमा जनताले अपनाउने सम्भावना थिएन । दिल्ली मोडलको सुशासनका साथै लोकप्रिय सिख अनुहारका रूपमा भगवन्त मानलाई अघि सारेकाले आप पञ्जाबी मतदाताको मन जित्न सफल भएको हो ।
अनि अन्य किसिमका चतुर रणनीति अपनाएकाले पनि आपले सफलता पाएको हो । भारतीय विश्लेषक मनीष शर्माका अनुसार, विभिन्न सुविधा उपलब्ध गराउने घोषणाका साथ आपले गरीब र दलितहरूको मन जितिसकेको थियो । गाउँका मानिस आपको समर्थक बनिसकेका थिए । ग्रामीण क्षेत्रमा अविवादित नेतालाई टिकट दिएर आपले सद्भाव कमायो ।
शहरी क्षेत्रमा आपले अन्य दलका लगभग ५० जना नेतालाई पार्टीमा भित्र्यायो । ती नेताहरूको आफ्नै किसिमको बलियो जनाधार थियो । कल्याणकारी योजना, बेदाग छविका नेता र बलियो जनाधार भएका उम्मेदवार राखेकाले आपले प्रचण्ड बहुमत हासिल गर्न सकेको शर्माको विश्लेषण छ ।
अन्य राज्यको कुरा गर्दा उत्तराखण्ड, मणिपुर र गोवामा भाजपाले विकासको काम गरेको भएरै पुनः जनताको बहुमत पाउन सकेको हो । भाजपा सरकारले विभिन्न कल्याणकारी योजना चलाएकाले अनि सुशासन कायम गरेकाले ती राज्यहरूमा जीत हासिल गरेको हो ।
उत्तराखण्डमा भाजपाले लगातार मुख्यमन्त्री फेरिरहेकाले उनीहरूले आफ्नो बुतामा राम्रो काम देखाउन सकेनन् । बहालवाला मुख्यमन्त्री पुष्कर सिंह धामीले त आफ्नो सीट समेत जोगाउन सकेनन् ।
तर केन्द्र सरकारले चलाएका योजना र राज्य सरकारले तर्जुमा गरेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सफलता पाएकाले उत्तराखण्डी जनताले भाजपालाई नै पत्याए । त्यहाँ कुल ७० सीटमध्ये भाजपाले ४७ सीट जितेको छ ।
गोवाको कुरा गर्दा, भाजपाले बलियो जनाधार भएका उम्मेदवार उठाएकाले सबभन्दा ठूलो दल बन्न सफल भएको विश्लेषणहरू आएका छन् । कुल ४० सीट रहेकोमा भाजपाले २० सीट ल्याएर सबभन्दा ठूलो पार्टी बन्ने सौभाग्य पायो । सानो दल महाराष्ट्रवादी गोमान्तक पार्टीसँग मिलेर भाजपाले सरकार बनाउने भएको छ ।
विपक्षी दलहरू कांग्रेस, तृणमूल कांग्रेस, आम आदमी पार्टी, रिभोल्युसनरी गोअन्स दल र स्वतन्त्र उम्मेदवारबीच मतविभाजन भएकाले पनि भाजपालाई फाइदा पुगेको बताइएको छ । भाजपाले जितेका कतिपय सीटमा मतान्तर ५०० भन्दा पनि कम देखिएकाले विपक्षीहरूको मतविभाजन ठूलो फ्याक्टर बनेको पुष्टि हुन्छ ।
मुख्य कुरा त, आकर्षक सरकारी योजनाहरूको सफल कार्यान्वयनमा सफलता पाएकाले भाजपा सरकारलाई गोवाका जनताले पुनः विश्वास गरेका हुन् ।
मणिपुरका ६० विधानसभा सीटमा ३२ सीट जितेर भाजपाले स्पष्ट बहुमतका साथ दोस्रो कार्यकाल चलाउने भएको छ । सबका साथ, सबका विकास नाराका साथ मणिपुरका सबै जाति तथा वर्गलाई विकास र सुशासनको अनुभूति दिलाउन सफल भएकाले भाजपा विजयी भएको भन्न सकिन्छ ।
यी पाँच राज्यमा भएका विधानसभा निर्वाचनले राष्ट्रिय राजनीतिको भविष्यलाई पनि संकेत गरेका छन् । कांग्रेस पार्टी अब धराशायी भएको यस निर्वाचनले पुष्टि गरेको छ । राष्ट्रिय दलको हैसियत गुमाउँदै कांग्रेस एकदुईवटा राज्यमा सीमित हुने लक्षण देखिँदैछ ।
भाजपालाई कांग्रेसले निकट भविष्यमा दह्रो चुनौती दिन नसक्ने देखिएको छ । बरू आम आदमी पार्टी बिस्तारै राष्ट्रिय दल बन्ने बाटोमा हिँडिरहेको छ । दिल्लीपछि पञ्जाबमा बहुमत हासिल गरेको आपले गोवामा समेत दुई सीट जितेर खाता खोलेको छ । आपको विकास यसरी नै हुँदै गएमा पछि भाजपालाई राष्ट्रिय स्तरमा चुनौती दिने दल उही हुनेछ ।
सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा मोदीलाई चुनौती दिनसक्ने हैसियतमा कुनै पनि विपक्षी नेता अहिलेसम्म देखिएको छैन । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले त्यस्तो चुनौती प्रस्तुत गर्ने भनी कतिपयले आकलन गरेको भए पनि बंगाल बाहेक अन्य कुनै राज्यमा तृणमूल कांग्रेसको उपस्थिति देखिएको छैन ।
गोवामा तृणमूलले खासै प्रदर्शन गर्न सकेन । राष्ट्रव्यापी जनाधार नभएको दलकी नेत्री ममताले मोदीलाई सशक्त चुनौती देलिन् भनी सोच्न सकिन्न ।
यी विधानसभा निर्वाचनको परिणामले भारतीय मतदाताहरूमा प्रौढता आएको स्पष्ट पारेको छ । जातभात, धर्म, क्षेत्रका आधारमा मात्र मत नदिएर विकास र सुशासन तथा सरकारको प्रदर्शनलाई मतदाताले मानक बनाउन थालेको यस मतपरिणामले पुष्टि गरेको छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...