
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।
घिमिरेले आइतवार सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।
नेपाल बार एशोसियसनको अध्यक्ष पदमा उम्मेदवार बनेकाले उनले पदबाट राजीनामा दिएको कांग्रेसले विज्ञप्ति जारी गरेर जनाएको छ ।
उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार हुन् ।